• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवन जिल्लामा मात्र वार्षिक ४० हजार युनिट रगत चाहिने


  •   मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
  • चितवन । चितवन जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहाँ रगतको माग बढी भएको हो ।

    Advertisement

    क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ लगायतका ठूला शहरमा पठाउने गरिएको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट समेत ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।

    नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपाने यहाँका दुई ठूला मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गरेको बताउँछन् ।उनका अनुसार यहाँ रगतको माग पूर्ति गर्न चितवनसहित छिमेकी जिल्लाबाट रगत सङ्कलन गरी ल्याइने गरिन्छ । उनले भने, “मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी लगायतका जिल्ला पुगेर रक्तदान कार्यक्रम गरी रगत ल्याउने गरेका छौँ ।” केन्द्रले मनाङबाट समेत रगत ल्याएर यहाँको आपूर्ति धान्ने गरेको उनको भनाइ छ ।

    वर्षैभर रगतको अभाव हुने गर्दछ । बिरामीका आफन्त र साथीभाइसँगै स्वयंसेवी रक्तदातासँग सहयोग मागेर रगतको परिपूर्ति गर्ने गरिएको छ । काठमाडौँको प्रसूतिगृहपछि धेरै प्रसूति यहाँ हुने गर्दछन् । पछिल्ला वर्षमा शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम बढ्दै जाँदा रगतको माग बढेको हो । क्यान्सरका बिरामीलाई धेरै रगत दिनुपर्ने हुन्छ ।

    केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार यसका अतिरिक्त ठूला शल्यक्रिया र दुर्घटनाका घाइतेलाई पनि बढी मात्रामा रगत आवश्यक पर्दछ । केन्द्रले स्थानीय तह र सङ्घसंस्थालाई रक्तदानमा उत्प्रेरणा जगाउन अनुरोध गर्दै आएको छ । जिल्लाका सात पालिकामध्ये माडी र इच्छाकामनाले आफ्ना पालिकावासीलाई आवश्यक पर्ने रगतको भुक्तानी गर्दै आएका छन् । तीसँगै सबै पालिकाले रक्तदान कार्यक्रम आयोजकलाई प्रतिरक्तदाता रु १०० दिँदै आएका छन् । यो रकम बढाएर सहयोग गर्न अनुरोध गरिएको पौडेलले बताए।
    यसका अतिरिक्त टोल विकास संस्थामा रक्तदानसम्बन्धी उत्प्रेरणा जगाइदिन सहयोग गर्न सबै पालिकामा नेपाल रेडक्रस सोसाइटीले अनुरोध गर्दै आएको छ । आउँदा केही वर्षमा वार्षिक ५० हजार युनिटभन्दा बढी रगत आवश्यक पर्ने अनुमान गरिएको छ । जिल्लामा ३५० भन्दा बढी संस्थाले वार्षिक क्यालेन्डर बनाएर रक्तदान गर्दै आएका छन् । यसका अतिरिक्त विभिन्न सामाजिक सङ्घसंस्थाले समयसमयमा कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

    भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल आन्तरिक र बाह्य रक्तस्रावका कारण रगतको मात्रा घटेमा रगत दिनुपर्ने बताए । उनले भने, “हेमोग्लोबिन र शरीरमा रगतको मात्रा बढाउन रगत अत्यावश्यक छ ।” समयमा रगत प्राप्त नभएमा बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले रगत अति महत्वपूर्ण हुने उनको भनाइ छ । रासस

    मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.