प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड रुपैया
प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड रुपैया
तपाईको प्रतिक्रिया
काठमाडौं – प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रदेश १ मा कुल ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले पुँजीगततर्फ १५ अर्ब पाँच करोड ३५ लाख रुपैया, चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख रुपैया र वृततर्फ तीन अर्ब २२ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले यस प्रदेशमा स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको बताए ।