काठमाडौं – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । मंगलबार कोरोनाभाइरसका कार्यक्रमलाई प्राथमिकता दिँदै प्रदेश सरकारले ३० अर्ब ३ करोड रुपैयाँको बजेट विनियोजन गरेको हो ।
जारी बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ, पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २८ करोड रुपैयाँ अनुमान गरिएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकोले बजेट आकार घटेको बताएका छन् । प्रदेशमा कुन क्षेत्रमा कति बजेट छुट्टाइयो तल पुर्णपाठमा हेर्नुहोस् ।
