काठमाडौँ – वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट सार्वजनिक गरेको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले वाग्मती प्रदेशमा कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए ।
ढुंगेलले पूँजीगत तर्फ २९ अर्ब १ करोड ७७ लाख ४३ हजार रुपैयाँ, चालुतर्फ २६ अर्ब १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए । यस्तै उनले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर अहिलेको बजेट ल्याइएको बताए ।
