सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका इन्द्रावती, सुनकोशी र ब्रम्हायणी लगायतका नदिहरुमा आएको बाढी र आसपासको पहिरोले ठूलो जनधनको क्षति गराएको स्थानीयले जानकारी दिएका छन् ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजारस्थित बसपार्कसहित आसपासका बस्ती, मेलम्ची खानेपानी मुहान क्षेत्र र त्यस भन्दा तलतिरका तटीय क्षेत्रहरुमा बाढीले ठूलो क्षति गराएको मानिसहरु सम्पर्कविहीन रहेको हेलम्बुका स्थानीय अर्जुन भण्डारीले जानकारी दिनुभएको छ । साँझ करिव सात बजे बाट बाढी सुरु भएको र सुरक्षाकर्मीहरु परीचान भएपनि राति धेरै काम गर्न नसकिएकाले क्षतिका यकिन तथ्यांक आइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
यस पटकको मनसुन सुरुहुदैै गर्दा जिल्लाको अकल्पनिय क्षेत्रबाट बाढी पहिरो सुरु भएको छ । हेलम्बु बाट सुरु भएको पहिरो र बाढीले नदि तटिय क्षेत्रका माछा सहितका कृषि फमहरु बगाएको र बिभिन्न बस्तीका मानिसहरु भागदौड र बाढीको असरका कारण सम्पर्कमा आउन नसकेको स्थानीय बासिन्दाहरुले वताएका छन ।
उज्याले भए सँगै उद्धार र खोजिका लागी नेपालि शेना, ससस्त्र तथा नेपाल प्रहरी र स्थानीय बासिहरु घटना स्थल आसपासछन । तिम्बु बजारका घरहरु बगेका छन भने चनौटे र मेलम्चि लगाएतका ठूला बजारका खोला आसपासका घरहरु २ तला माथि सम्म नदि र लेदो पसेको तथा स्थानीय रोज होटलको छतबाट केहि मानिसहरु उद्धार मागीरहेको स्थानीय शिव दुलालले जानकारी दिनु भएको छ । मेलम्ची र इन्द्रावती बीको पक्की पुल बगाए सँगै आवागमन ठप्प भएको पनि दुलालले जानकारी दिनु भयो ।
