• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनमा असार १० गतेसम्म्म निषेधाज्ञा थप


  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
  • चितवन : चितवनमा असार १० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक आदेश जारी गर्दै यस्तो निर्णय गरेको हो । निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ ।

    Advertisement

    यसअघि थपिएको निषेधाज्ञा असार ३ गते राती १२ बजे सकिँदै थियो । कोरोना संक्रमणको जोखिम अझै पनि उच्च रहेको हुँदा असार १० गते राती १२ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

    चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश यस्तो छ :

    नयाँ भेरियन्ट सहितको कोभिड -१ ९को संक्रमण यस जिल्लामा समेत अझै सम्म पनि उच्च रहेको हुदाँ उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिड -१ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संक्रामक रोग ऐन २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति २०७४।०१।१५ गते जारी गरिएको आदेशलाई तपशिल बमोजिम हुने गरी मिति २०७८।०३।०३ गते राती १२:०० बजे देखि मिति २०७८।०३।१० गते राती १२:०० बजे सम्म चितवन जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको व्यहोरा अनुरोध छ ।

    क ) संचालन गर्न नपाइने सेवा तथा कार्यहरु :

    १. अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर हिडडुल गर्न नपाइने । तर अत्यावश्यक काम परी निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने , भौतिक दुरी कायम गर्ने तथा तोकिएका जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ ।

    २. सबै प्रकारका सभा , सम्मेलन , गोष्ठी , तालिम , सेमिनार , जात्रा , महोत्सव सञ्चालन ।

    ३. सिनेमा , पार्टी प्यालेस , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , पुस्तकालय , संग्रहालय , फिटनेस सेन्टर , जिमखाना , रूपा , स्वीमिङपुल , ब्युटीपार्लर , सैलुन , टेलरिङ्ग , जस्ता कार्य सञ्चालन ।

    ४. होटल तथा रेष्टुरेन्टवाट टेक अवे सेवा वाहेक अन्य सेवा सन्चालन ।

    ५. फुटपाथ वा खुल्ला ठाउँमा सञ्चालन हुने व्यापाराव्यवसाय तथा कबाडी संकलन ।

    ६. विश्व विद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन / पाठन तथा परीक्षा लगायतका शैक्षिक गतिविधिहरू ।

    ७.विवाह , व्रतबन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाइने । तर घरमा संचालन गर्ने यस प्रकारका कार्यक्रममा बढीमा १५ जनामा नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गरी गर्ने ।

    ८. मृत्यु संस्कारमा २५ जना भन्दा बढी व्यक्ति सहभागी हुन नपाइने ।

    ९ . लामो तथा छोटो दुरीका सार्वजनिक एवं निजी सवारी साधन संचालन गर्न नपाइने ।

    १०.मठ , मन्दिर , मस्जिद , गुम्वा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य जमघट गर्न नपाइने ।

    ११.चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक बनमा हुने सबै प्रकारका जंगल सफारी तथा नारायणी र राप्ति नदिमा हुने जलयात्रा सञ्चालन गर्न नपाइने ।

    ख ) संचालन गर्न पाइने सेवा तथा कार्यहरु :

    १. औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल सञ्चालन गर्न पाइने छ ।

    २. अत्यावश्यक सेवाप्रवाह गर्ने कार्यालयले न्यूनतम कर्मचारी खटाई आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने । सो बाहेकका अन्य कार्यालयले आलोपालो प्रणालीबाट न्यूनतम कर्मचारी खटाई कार्यालयको आन्तरिक तथा प्रशासनिक कार्य गर्ने । घरबाटै गर्न सकिने कामको हकमा Work From Home को व्यवस्था गर्ने ।

    ३. दूरसंचार , इन्टरनेट , विद्युत , फोहोरमैला व्यवस्थापन , खानेपानी आपूर्ति सम्बन्धी सेवा तथा पेट्रोल पम्प जस्ता अत्यावश्यक सेवा दैनिक सञ्चालन गर्न पाइनेछ ।

    ४. खाद्यान्न , तरकारी , फलफूल , दुध डेरी माछा / मासु , अण्डा , चल्ला , दाना , एग्रोभेट , खाना पकाउने ग्याँस , निर्माण सामग्री सम्बन्धी पसल दैनिक विहान ६:०० बजे देखि विहान १०:०० बजे सम्म मात्र सञ्चालन गर्न पाइने । दुध डेरीको हकमा वेलुकी ५:०० बजे देखि बेलुकी ७:०० सम्म समेत सञ्चालन गर्न पाइने छ ।

    ५. जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने सुनिश्चितता गरी पाठ्यपुस्तक विक्री वितरण गर्ने पसल सञ्चालन गर्न पाइने छ ।

    ६. रासयनिक मल तथा कृषि विउ विजन विक्री वितरण गर्ने पसल दैनिक सञ्चालन गर्न पाइने छ ।

    ७. अत्यावश्यक सेवा प्रयोजनका लागि बैक , बित्तीय संस्था तथा सहकारी संस्थाबाट हुने बैंकिङ सेवाको हकमा न्यूनतम कर्मचारी खटाई तोकिएका जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गरी / गराई बैंकिङ सेवा संचालन गर्ने । बैंक तथा वित्तीय संस्थाका ATM बुथहरू २४ सै घण्टा सञ्चालन गर्नु पर्ने छ ।

    ८. उद्योगाकलकारखानाको हकमा कर्मचारी तथा कामदारलाई कार्यस्थलमै खाने / बस्ने व्यवस्था गरी सञ्चालन गर्ने । सो संभव नभएमा उद्योगको सवारी साधनले नै घर सम्म लाने / ल्याउने व्यवस्था गर्ने तथा नेपाल सरकारले तोकेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको अनिवार्य पालना सुनिश्चितता गरेर मात्र सञ्चालन गर्ने ।

    ९ . बढिमा ३ जना सम्म कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने वर्कशप सञ्चालन गर्न पाइने छ ।

    १०.सड़क , नदि नियन्त्रण , सिंचाई , खानेपानी , दुरसञ्चार , विद्युत , सहरी विकास लगायतका विकास आयोजनाहरू सञ्चालन गर्दा अनिवार्य रूपमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्नु / गराउनु पर्नेछ ।

    ग ) संचालन गर्न पाइने सवारी साधनहरु :

    १. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स ( विरामी बाहेक २ जना कुरुवा समेत ) , शववाहन , दमकल , सुरक्षा निकाय , स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधन , अक्सिजन तथा स्वास्थ्य सामाग्री ढुवानीका साधन र पेट्रोलियम पदार्थ ढुवानीका साधन ।

    २. खाधान्न , तरकारी , फलफूल , दुग्ध पदार्थ , खानेपानी आपूर्ति , फोहोरमैला व्यवस्थापन , विद्युत , पशुपन्छिजन्य सामग्री , दाना , माछा / मासु , अण्डा , कृषि उपज , विउ विजन , रासयनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन ।

    ३. दूरसंचार , इन्टरनेट , आइसोलेसन , सरसफाइमा प्रयोग गरिने सावुन / स्यानिटाइजर , कुरियर तथा डॉक सेवा ।

    ४. कुटनीतिक नियोगका सवारी साधन , बैकको ATM संचालनमा प्रयोग हुने सवारी साधन र अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधन ।

    ५. समाचार संकलनासंप्रेषणका लागि परिचयपत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।

    ६. अन्तर्राष्टिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।

    ७. राजमार्ग भई अन्य जिल्लामा जाने मालवाहक सवारी साधन , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन र खाली फिर्ता हुने सवारी साधन । तर जिल्ला भित्र निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनको हकमा बिहान ६.०० बजेदेखि दिउँसो ७.०० बजेसम्मा मात्र सञ्चालन गर्न पाइने छ ।

    ८. पुस्तक पसलबाट विद्यालय सम्म पुर्याउने गरी पाठ्यपुस्तक बोक्ने सवारी साधन

    घ ) साथै उपर्युक्त आदेशको पालना तथा कार्यान्वयनमा यस अघि झै आवश्यक सहयोग , समन्वय तथा सहजिकरण हुन सम्बद्ध सबै सरोकारवाला र आम चितवनवासी दिदीबहिनी तथा दाजुभाई समक्ष हार्दिक अनुरोध छ ।

    ङ ) उल्लिखित आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे / गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.