काठमाडौं – काठमाडौं उपत्यकामा अर्को सातादेखि स्मार्ट लकडाउन गरिने भएको छ ।
बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड व्यवस्थापन निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुकुलो बनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणको सबैभन्दा अनिवार्य तत्व खोप नै भएको भन्दै ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए ।
