काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले सरकारमा सहभागी भएका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको यादव समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको निर्णयविपरित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका भन्दै जसपाका मन्त्रीहरुलाई पार्टीबाट निकाल्ने निर्णय गरेको हो ।
यस्तै उक्त बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई पनि कारबाही गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकमा पार्टीको नाम, विधान, झण्डा र निर्णयको आधिकारिकता दावी गर्न छिट्टै निर्वाचन आयोगमा निवेदन दिने बारे पनि छलफल भएको छ ।
