• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रधानमन्त्री ओलीको समुहको रणनिति : विपक्षी गठबन्धन भत्काउन माधव नेपाललाई अध्यक्षको ‘अफर’


  •   शनिबार, असार ०५, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्तामा पुगेसंगै आफुले गरेको सबै काम कानुनतः ठीक छ, भन्ने सोच र ज्यादतीका कारण अहिले देशको सम्पूर्ण प्रणाली नै धरापमा पर्दै गएको छ । राजनितिक विश्लेषकहरुको भनाईलाई आधार मान्ने हो, दुई तिहाई बहुमतको नजिक रहेको सरकार ओलीकै कारण अल्पमतमा परेको हो, त्यति मात्र हैन, उनले आफ्नै अग्रसरतामा वामपन्थीहरुलाई एक बनाउन गरेको प्रयास स्वरुप एकताबद्ध भएको पार्टी ‘नेकपा’ अहिले दुई चिरा भएको छ ।

    Advertisement

    विकास निर्माण र जनताको समस्यामा ध्यान दिनुको साटो आफ्नो सत्ता आरालो लाग्दै गएको देखेपछि प्रधानमन्त्री ओलीले त्यसलाई लम्ब्याउन संविधानमा कहिकतै नभएको व्यवस्था आफु अनुकुल परिभाषित गर्दै दुई दुई पटक सम्म प्रतिनिधिसभा नै भंग गरे । मुलुक नै भड्खालोमा हाल्ने गरि उनको क्रियाकलाप बढेपछि त्यसलाई ट्रयाकमा ल्याउन विपक्षी दलहरु अहिल उनी विरुद्ध एकत्रित भएका छन् ।

    गठबन्धन अहिले  केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्म समान धारणा बनाएर अघि बढेपछि त्यसलाई फुटाउन बालुवाटारले अनेकन तिकडम शुरु गरेको छ । ओलीका समकालिन रहेका माधव नेपाल लगायतका समुह समेत उनको साथ छोडेपछि उनीहरुको एकता भाँड्न ओली पक्षबाट एकता भाँडन विभिन्न प्रस्तावहरु आउने गरेको उनीहरुको भनाई छ ।  बालुवाटारभित्र आफ्नैका बीचमा बेमेल र एकले अर्कोलाई स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको बेला ओलीले माधव नेपाललाई उधारोमा पार्टी अध्यक्ष बनाउने प्रस्ताव पठाएको स्रोतको दावी छ ।

    ओली समूहका केही नेताले त ओलीले पार्टी सके, सरकार सके, जनमत सके, कमरेड अब तपाई नै अध्यक्ष बनीदिनुप¥यो, सबै जोगाइदिनुप¥यो समेत भन्न थालेका छन् ।  स्रोतका अनुसार नेता नेपाललाई यसरी प्रस्ताव गर्नेमा विष्णु पौडेल सबैभन्दा अग्रंपंक्तिमा रहेका छन् । उनले केही दिन पहिले भैसेपाटीमा वामदेव गौतमसँगको भेटमा समेत सोही प्रस्ताव गरेको बताइन्छ । कमरेड तपाईले भनेको माधव कमरेडले समेत मान्नुहुन्छ, तपाईले जसरी भएपनि फकाइदिनुप¥यो समेत उनले भनेको स्रोतको भनाइ छ ।

    यही असारको दोस्रो साताभित्रमा नै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला सुनाउने निश्चितप्राय नै छ । प्रतिनिधिसभा पुनः स्थापना भएको खण्डमा आफू सत्तामा रहीरहने ध्येयका साथ ओलीले नेपाललाई अध्यक्ष नै दिने उधारो प्रस्ताव गरेको जानकारहरुको भनाइ छ । बालुवाटारले सो प्रस्ताव वामदेव गौतम मार्फत वा पछिल्ला दिनमा नियमित रुपमा अनौपचारिक वार्तामा रहेका नेपाल समूहका नेतामार्फत पठाएको छ । विशेष गरी ओलीले सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल मार्फत नेपाल समूहका नेतालाई उक्त प्रस्ताव पठाएको बताइन्छ ।

    ओली समूहका केही नेताले त ओलीले पार्टी सके, सरकार सके, जनमत सके, कमरेड अब तपाई नै अध्यक्ष बनीदिनुप¥यो, सबै जोगाइदिनुप¥यो समेत भन्न थालेका छन् ।  स्रोतका अनुसार नेता नेपाललाई यसरी प्रस्ताव गर्नेमा विष्णु पौडेल सबैभन्दा अग्रंपंक्तिमा रहेका छन् । उनले केही दिन पहिले भैसेपाटीमा वामदेव गौतमसँगको भेटमा समेत सोही प्रस्ताव गरेको बताइन्छ । कमरेड तपाईले भनेको माधव कमरेडले समेत मान्नुहुन्छ, तपाईले जसरी भएपनि फकाइदिनुप¥यो समेत उनले भनेको स्रोतको भनाइ छ । उक्त छलफलमा नेता गौतमले राजनीति धेरै अगाडि बढीसकेकाले अब ओलीले सबै नछाड्दासम्म माधव र जेएन(झलनाथ) लगायतका कमरेडहरुले मान्ने अवस्था छैन, भन्दै पौडेलको प्रस्तावलाई अस्वीकार गरिदिएका थिए ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरिदिने सन्दर्भमा बालुवाटार विश्वस्त छ । पछिल्लो पटक नागरिकता अध्यादेशका सन्दर्भमा दिएको आदेश, कर्णालीका सांसदको पुनःबहालीको सन्दर्भमा भएको फैसला तथा ओलीले महाधिवेशन आयोजक समितिको नाममा गरेको विरोधी सिध्याउने सबै निर्णयलाई खारेज गरिदिएको  छ । ओलीका सबै निर्णय खारेज भएपनि उनले गरेका सबै काम कारवाही समेत खारेज भएको अवस्थामा अब जे भनेर हुन्छ नेपाल समूहलाई फकाउने योजनामा ओली लागेको घटनाक्रमहरुले पुष्टि गरेको छ ।

    जे भनेर हुन्छ, जसो भनेर हुन्छ, आफूलाई प्रधानमन्त्रीबाट हट्नु नपरोस् भन्ने ध्येयका साथ आफ्ना किचेन क्याबिनेटका मानिसहरु मार्फत ओलीले नेपाल समूहका नेतालाई फकाएको बताइन्छ । ओलीको चालमा फसेर को कसले विधि, सिद्धान्त र पद्दतीलाई तिआञ्जली देलान् त्यो भने आगामी दिनमा नै प्रष्ट भएर जाला । तर योगेश भट्टराई, गोकर्ण विष्टलगायतका केही नेपाल पक्षीय नेतालाई भने ओलीले राम्रैसँग घुमाएको चर्चा पनि राजनीतिक बजारमा व्याप्त छ । तर, घनश्याम भुसाललगायतले आफू राजनीति छाड्न तयार रहेको तर, ओलीको सामु घुँडा नटेक्ने सार्वजनिक रुपमा नै बताइसकेका छन् ।

    संविधानको मरियामेट पार्ने, विधि पद्दतीको खिल्ली उडाउने, खुल्ला रुपमा विदेशी हस्तक्षेपलाई स्वीकार गरेर एक थान प्रधानमन्त्रीका लागि ज्यान फालेर लाग्ने ओलीलाई साथ दिन नसक्ने भुसालको भनाइ छ । ओलीका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता पल्टिएको छ । लुम्बिनीमा ओली गुटका खास मानिसका रुपमा देखिएका शंकर पोखरेलको सत्ता पनि धरमराएको छ । असंवैधानिक तरिकाले सरकारमा रहेका पोखरेललाई जसरी पनि हटाएरै छाड्ने अभियानमा विपक्षी गठबन्धन लागिपरेको छ ।

    जे जसरी भएपनि सरकारमा रहनै पर्ने, आफू भए ठिक, अरु आउन खोजे संविधान नै खारेज गराउने योजनामा लागेको ओली समूहको जस्तो सुकै हर्कतलाई पनि ठेगान लगाउने योजनाका साथ विपक्षी गठबन्धन लागेपछि त्यसका विरुद्ध काउण्टर योजना बनाउन उनीहरु लागिपरेको बताइन्छ । सोही योजना अनुसार नेता नेपाललाई अध्यक्ष समेत दिने प्रस्ताव गरिएको बताइन्छ । जेठ २ गतेमा जान शर्तसहित तयार रहेको बताएका ओलीले प्रतिनिधिसभाको पुनः स्थापनाको विषय आएपछि त्यस्तो प्रस्ताव गरेको बताइन्छ । ओलीको उक्त उधारो प्रस्तावमा नेपाल नफस्ने बताइन्छ ।

    दुई दुई पटक प्रतिनिधिसभाको विघटन, अध्यादेशबाट शासन गर्ने संस्कार, विरोधी र आलोचना सुन्नै नचाहने प्रवृत्ति तथा विदेशी हस्तक्षेप निम्त्याएर भएपनि सरकारमा रहीरहनु पर्ने ओलीको तमाम् हर्कतलाई स्वीकार गर्न नस्क्ने नेपाल पक्षको हालसम्मको बुझाई छ । सरकार जोगाउनका लागि स्वतन्त्र तिब्बत अभियानमा लागेका मधेशवादी दलका सांसदलाई समेत उनले मन्त्री बनाएका छन् ।  पछिल्लो पटक पाँच पूर्व प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा समेत ओलीले विदेशी हस्तक्षेप निम्त्याएको स्पष्ट शब्दमा उल्लेख गरिएको छ । नेपालको राजनीतिक इतिहासमा पाँच पूर्व प्रधानमन्त्रीले देशमा हस्तक्षेप बढेको भनेर विज्ञप्ति जारी गर्नु पनि आफैमा सोचनीय विषय भएको विश्लेषकहरुको टिप्पणी छ ।

    शनिबार, असार ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.