काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु फेरि पनि सभापतिको लागि लड्ने बताएका छन् । शनिवार आफूनिकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा देउवाले सो कुरा बताएका हुन् ।
बुढानीलकण्ठमा भएको उक्त छलफलमा उनले आउँदो महाधिवेशनपछि आफू नै फेरि सभापति बन्ने बताए । उनले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफु नै सभापतिमा दोहोरिने बताए ।
उनले आफु अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउनेतिर लाग्ने बताए । देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने – ‘अब म मेरै नेतृत्वमा पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा देशलाई अगाडि बढाउँछु । ‘
आज बसेको उक्त छलफलमा मीन विश्वकर्मा, सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, डा। डिला संग्रौला लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
