• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपाल मेडिकल कलेज किनबेचको भयो सम्झौता, अन्सारीको नाममा तत्काल २५% सेयर, कोको बाहिरिँदै छन्?


  •   शनिबार, असार ०५, २०७८ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) खरिद-बिक्रीको सम्झौता भएको छ।

    Advertisement

     

    वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका संचालक बसरुद्दिन अन्सारीले एनएमसीको ४९ प्रतिशत सेयर किन्ने भएका हुन्।

    एमएमसीको सेयर खरिद-बिक्रीको अन्तिम सम्झौता सम्पन्न भएको अन्सारीले जानकारी दिए। उनले केही दिनअघि मात्र यस मेडिकल कलेजको बहुमत सेयर किन्ने डिल क्लोज गर्दै प्रारम्भिक सम्झौता गरेका थिए ।

    एमएमसीका अध्यक्ष डा. भोला रिजाल र अन्सारीका तर्फबाट प्राडा. जैनुद्दिन अन्सारीले सेयर नामसारी टुङ्ग्याउने विभिन्न शर्तसहित शुक्रबार अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    सम्झौताबमोजिम एनएमसी संचालक समितिले १० दिनभित्र सबै प्रक्रिया पूरा गरेर सेयर स्वामित्व अन्सारीको नाममा हस्तारण गरिदिने अन्सारीका कानुन व्यवसायी टंक दुलालले जानकारी दिए। यद्यपि, अन्सारीले किन्न लागेको सबै सेयर तत्काल उनको नाममा आउने छैन।

    ४९ प्रतिशतमध्ये पहिलो चरणमा २५ प्रतिशत सेयर हस्तान्तरण गर्नेगरी सम्झौता भएको दुलालले बताए । अन्सारीका अनुसार, बाँकी २४ प्रतिशत एक वर्षभित्र उनको नाममा आउनेछ।

    ‘एनएमसीका सबै सेयरधनी नेपालमा छैनन्। केहीले बाहिर भएका आफन्तहरुसँग पनि छलफल गरेर निर्णय गर्नुपर्ने बताएका छन्,’ अन्सारी भन्छन्, ‘त्यसैले अहिले क्लियर भएका सेयरधनीको नामसारी गर्दै गरेर बाँकी एक वर्षभित्र टुंग्याउने सहमति भएको हो।’

    हिजो शुक्रबार नै संचालक समिति बैठक बसेर एनएमसी बोर्डले स्वामित्व खरिद-बिक्रीको अन्तिम निर्णय गरेको थियो। ११ जनाको बोर्डले स्वामित्व बिक्री गर्ने निर्णय गरेसँगै हिजै अन्सारीसँग अन्तिम सम्झौता गरेको बोर्डका एक सदस्यले बताए । ‘अब विशेष साधारणसभाबाट कुन सेयरधनीको कति सेयर बिक्री गर्ने भन्ने टुङ्ग्याउनुका साथै त्यसलाई अनुमोदन पनि सभाले गर्नेछ,’ उनले भने।

    अन्तिम सम्झौता सँगसँगै एनएमसी संचालक समितिले अन्सारीसँग बैना रकम पनि माग गरेको छ। अन्सारीले भने सेयर स्वामित्व हस्तान्तरणको कानुनी गाँठो सबै फुकेपछि भुक्तानी गर्ने बताएको एक संचालकले बताए। यससम्बन्धी सबै कानुनी काम पूरा गर्नका लागि दुवै तर्फबाट टंक दुवाल र बालकृष्ण ढकाललाई वकिल नियुक्त गरेर वारिस दिइएको छ।

    दुलालका अनुसार, साउन १५ गतेभित्र खरिद भएको सेयरको भुक्तानी गरिसक्ने सहमति एनएमसी पक्षसँग भएको छ।

    एनएमसीमा हाल्ने शतप्रतिशत पैसा बैंककै प्रयोग गर्ने योजनामा अन्सारी

    एनएमसीको लगभग आधा स्वामित्व किन्न आवश्यक रकमको शतप्रतिशत बैंककै प्रयोग गर्ने योजनामा अन्सारी रहेको बुझिएको छ । अर्थात्, ४९ प्रतिशत सेयर किन्न चाहिने पौने दुई अर्ब रुपैयाँभन्दा बढी पैसामा अन्सारीले आफ्नो खल्तिबाट एक रुपैयाँ पनि हाल्ने छैनन्।

    प्रतिकित्ता सात सय रुपैयाँका दरले एनएमसीको सेयर किनबेच हुन लागेको हो। अंकित मूल्य १०० रुपैयाँ रहेको सेयरमा हुने प्रतिकित्ता ६०० रुपैयाँ हुने पुँजीगत लाभमा लाग्ने कर पनि आफूले नै ब्यहोरिदिने सहमति भएको अन्सारीको भनाइ छ।

    सेयर खरिद र पुँजीगत लाभकर दुवै गरेर एक कित्ताको लगभग ७३० रुपैयाँ दिनेगरी सम्झौता भएको उनले बताए।

    यसअनुसार अन्सारीले पहिलो चरणमा आफ्नो नाममा आउने २५ प्रतिशत अर्थात् १२ लाख ५६ हजार ४१६ कित्ता सेयरका लागि ८७ करोड ९५ लाख रुपैयाँ एनएमसीका सेयरधनीलाई बुझाउने छन्। र, यसमा प्रतिकित्ता ६ सय रुपैयाँको लाभमा लाग्ने पाँच प्रतिशत लाभकरका लागि (प्रतिकित्ता रु. ३० का दरले) सरकारलाई बुझाउनुपर्ने करिब तीन करोड ७७ लाख रुपैयाँ पनि ब्यहोर्ने छन्।

    सेयरधनीको दर्ता किताबमा उल्लेख भएअनुसार अहिले एनएमसीको अधिकृत पुँजी ८० करोड र चुक्ता पुँजी करिब ५० करोड २५ लाख रुपैयाँ रहेको छ । यसको कुल सेयर संख्या ५० लाख २५ हजार ६६२ कित्ता हो।

    यसको ४९ प्रतिशत (२४ लाख ६२ हजार पाँच सय ७४ कित्ता) सेयर एक वर्षभित्र अन्सारीले लिन लागेका हुन् । जसका लागि उनले सेयरवापत सात सयको दरले तिर्ने रकम र पुँजीगत लाभकर वापत ब्यहोर्ने समेत गरी कुल एक अर्ब ७९ करोड ७७ लाख रुपैयाँ एनएमसीमा लगानी गर्दैछन्।

    यो रकम कुमारी वा प्रभु बैंक अथवा दुवै बैंकको सहवित्तीयकरणमा जुटाउने योजनामा अन्सारी रहेको बुझिएको छ । कुमारी अन्सारीले १७ वर्षदेखि कारोबार गर्दै आएको बैंक हो। यसैले उनको पहिलो ग्राह्यतामा कुमारी नै छ ।

    लगानी स्रोतबारे अन्सारीले भने, ‘हामीसँग मोर्टगेज राख्ने एसेट्स जतिपनि छ । त्यसैले मोर्टगेजकै आधारमा ऋण लिएर एनएमसीमा हाल्ने सबै रकम बैंकबाटै जुटाउने विचार हो।’

    लामो समयदेखि कारोबार गर्दै आएको बैंक भएकाले पहिलो प्राथमिकतामा कुमारी भए पनि एउटा मात्रै बैंकले पैसा हाल्न कुनै अफ्ठ्यारो भए प्रभु बैंकसँग सहवित्तीयकरणका लागि कुरा भएको उनले बताए।

    अन्सारीको इन्ट्रीपछि कोको बाहिरिँदै छन् एनएमसीबाट

    बहुमत सेयरधनीका रुपमा अन्सारीको इन्ट्री हुँदा पूराना धेरैजना संचालक एनएमसीबाट बाहिरिने अनुमान भएपनि त्यसो नहुने भएको छ। अहिले एनएमससीको सेयरधनी रहेका सातजनाले आफ्नो सबै सेयर बेचर पूर्णरुपमा बाहिरिन चाहेको बुझिएको छ।

    स्रोतका अनुसार, विशेषगरी मेडिकल पृष्ठभूमि नभएका संचालकहरुले आफ्नो पूरै वा धेरैजसो सेयर बिक्री गर्न खोजेका हुन् । शतप्रतिशत सेयर बिक्री गरेर बाहिरिन खोज्नेमा एनएमसीका पाँच संस्थापकमध्येका एक लम्बोदर न्यौपानेसहित संचालक समिति सदस्य योगेश्वर पराजुली लगायत रहेको बताइएको छ । २०५७ सालमा करिब  साढे तीन प्रतिशत सेयर लिएर एनएमसी छिरेका इन्जिनियर पराजुली काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त हुन्।

    एनएमसीका एक संचालक समिति सदस्यका अनुसार, यसका अध्यक्ष समेत रहेका डा. भोला रिजालले भने आफ्नो सेयर कत्ति पनि नबेच्ने, यथावत राख्ने बताएका छन्। डा. रिजाल अहिले एनएमसीका सबैभन्दा ठूला सेयरधनी हुन्। परिवारको नाममा रहेको समेत गरी हाल रिजालसँग एनएमसीको १४.०८ प्रतिशत सेयर छ।

    न्यौपानेबाहेक संस्थापक समूहका अन्य कोही पनि अहिले नबाहिरिने अन्सारीले बताए । साथै बाहिरिने बताएका सात जनामध्ये पनि दुईजनाको सेयर तत्‍काल बिक्री गर्न कानुनी बाधा देखिएको उनको भनाइ छ। ‘त्यसैले यस्ता उल्झन क्लियर नभएसम्म कोको बाहिरिन्छ, को बस्छ भन्नु व्यवहारिक हुँदैन,’ अन्सारीले भने।

    हाल ४८ सेयरधनी रहेकोमा सातजना बाहिरिए पनि विद्यमान ४१ सेयरधनी भने अन्सारीको प्रवेशपछि पनि कायम रहने बताइएको छ । अन्सारीसहित अब एमएमसीमा जम्मा ४२ जना सेयरधनी हुनेछन्। शतप्रतिशत सेयर बेचेर बाहिरिने बाहेक अन्य संचालकले आफ्नो सेयरबाट तीनदेखि २० प्रतिशतसम्म घटाएर बिक्री गर्न लागेको अन्सारीले बताए।

    मेडिकल अध्ययनका लागि एमबीबीएस, बीएससी नर्सिङ, बीडीएस, एमडी/एमएस (पीजी) लगायतका विविध शैक्षिक कार्यक्रम संचालन गरिरहेको एनएमसी चिकित्सा अध्ययन पूर्वाधार र क्षमताका हिसाबले नेपालकै अव्वलमध्ये मानिन्छ।

    ६०० शैय्या क्षमताको अस्पतालसमेत संचालन गरेको एनएमसी चिकित्सा सेवाबाट भने त्यति चिनिन सकेको छैन। यसैले अब यसलाई अस्पतालका रुपमा पनि उत्कृष्टमध्येको बनाउनमा आफू केन्द्रित हुने अन्सारीले बताए।

    ‘म आउँदा पनि एनएमसीबाट डाक्टरहरु चाहिँ कोही पनि नबाहिरिनुहोस् भन्ने मैले भनेको छु । किनकि यसमा नेपालकै राम्रा डाक्टरहरु धेरैजना हुनुहुन्छ र यो स्ट्रेन्थलाई उपयोग गरेर एनएमसीको अस्पताल पनि उत्कृष्टमध्ये बनाउने मेरो सोच हो। मेडिकल शिक्षामा त यो त्यसै पनि अव्वल छँदैछ,’ अन्सारी भन्छन्।

    शनिबार, असार ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.