• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

टिकटक: माउ कम्पनीको आम्दानी दोबर


  •   आइतबार, असार ०६, २०७८ मा प्रकाशित
  • चर्चित भिडिओ शेअरिङ एप टिकटकको स्वामित्व भएको बाइटडान्स कम्पनीले गत वर्ष आफ्नो आय दोबर बनाएको देखिएको छ।

    Advertisement

    आफ्ना कर्मचारीका लागि आन्तरिक रूपमा जारी गरिएको एउटा सूचनामा उक्त कम्पनीको आम्दानी सन् २०२० मा १११ प्रतिशतले बढेर ३४.३ अर्ब डलर पुगेको देखिन्छ। उक्त तथ्याङ्कले टिकटकको विश्वव्यापी लोकप्रियतालाई देखाउँछ।

    बाइटडान्स र अन्य ठूला चिनियाँ प्रविधि कम्पनीहरू विश्वभरिका सरकारहरूबाट बढ्दो दबाव सामना गरिरहेका बेला यो विवरण आएको हो।बाइटडान्सको वार्षिक नाफा पनि ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको भने त्यसै अवधिमा उसको खुद घाटा पनि ४५ अर्ब डलर भएको छ।

    खुद घाटा लेखाको गणनामा मिलान गर्दा देखिएको तर यो कम्पनीको सञ्चालनसँग सम्बन्धित नभएको बताइएको छ।उक्त पत्रले गत वर्षको डिसेम्बरसम्ममा बाइटडान्सका सबै उत्पादनका प्रयोगकर्ताको कुल सङ्ख्या १.९ अर्ब रहेको देखाएको छ।बाइटडान्सका एक प्रवक्ताले बीबीसीसँग उक्त तथ्याङ्कलाई पुष्टि गरे।

    ह्वाइट हाउसको दबाव
    टिकटकको व्यापक लोकप्रियताले गर्दा बाइटडान्सले अमेरिका र चीनसहित विश्वभरिका सरकारहरूको छानबिनको सामाना गर्नुपरेको थियो।

    बिहीवार रोएटर्समा आएको एउटा खबरअनुसार यसै महिनाको सुरुमा राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेको एउटा कार्यकारी आदेशअन्तर्गत अब केही चिनियाँ एपले अमेरिकी बजारमा बस्न चाहेको खण्डमा प्रयोगकर्ताहरूको डेटा सुरक्षाका लागि थप कडा मापदण्ड पालन गर्नुपर्नेछ।

    यो अमेरिकामा टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउनेगरी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जारी गरेको एउटा आदेशलाई निस्तेज गरेपछि ल्याइएको आदेश हो।उक्त प्रतिबन्धले शृङ्खलाबद्ध कानुनी चुनौतीको सामना गरेको थियो र कहिल्यै पनि कार्यान्वयनमा आएको थिएन।

    अमेरिकी वाणिज्य मन्त्रालयले चीनजस्ता “विरोधी विदेशी क्षेत्र”मा विकास गरिएका एपको परीक्षण गर्ने जनाएको थियो।राष्ट्रपति बाइडनले अमेरिकी राष्ट्रिय सुरक्षामा उनीहरूले खतरा पारेकोबारे “प्रमाणमा आधारित दृष्टिकोण” राख्नुपर्ने बताएका थिए।

    अघिल्लो राष्ट्रपतीय कार्यकालमा राष्ट्रपति ट्रम्पले बारम्बार टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्ने आरोप लगाउने गर्थे।राजनीतिज्ञ र अधिकारीहरूले प्रयोगकर्ताको व्यक्तिगत विवरण चिनियाँ सरकारलाई पठाइन सक्ने चिन्ता व्यक्त गरेका थिए। टिकटकले उक्त आरोपलाई अस्वीकार गरेको थियो।

    बेइजिङको छानबिन
    गत एप्रिलमा चिनियाँ नियामक निकायले बाइटडान्ससहित १३ वटा अनलाइन प्लेटफर्मलाई आफ्ना वित्तीय विभागमा कडा नियमहरू पालन गर्न निर्देशन दिएको थियो।

    यो देशका ठूला प्रविधि कम्पनीहरूलाई लगाम लगाउने व्यापक कार्यका रूपमा गरिएको थियो।अधिकारीहरूले एकाधिकारयुक्त व्यवहार र पुँजीको अव्यवस्थित विस्तार रोक्न यस्तो गरिएको बताएका थिए।

    कैयौँ वर्षसम्म प्रविधि उद्योगलाई प्रोत्साहन गर्न बेइजिङले उनीहरूलाई नियमले नकस्ने नीति लिएको थियो। समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

    आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.