निर्मल धिताल। चितवन, ७ असार ।राष्ट्रिय युवा संघ कालिका नगरकमिटीको दोश्रो बिस्तारित बैठक सम्पन्न भएको छ।
कालिका ३ को सभाहलमा भएको बैठकको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल, कालिका नगरकमिटीका संयोजक पुर्ण चौधरी (निशान) ले गरेका थिए । साथसाथै उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब प्रताप डल्लाकोटि , विशिष्ट अतिथिका रुपमा केन्द्रिय सचिवालय सदस्य अस्मिन घिमिरे जिल्ला संयोजक सुशील केसी र केन्द्रिय सदस्य लक्ष्यमण पौडेलको उपस्थिति थियो ।
बैठकले हाल देशमा भैरहेको प्राकृतिक बिपत न्यूनीकरणका लागि बिपत व्यवस्थापन कमिटी आयोजना गरेर परिचालन गर्ने निर्णय गरेको छ । दु:खी पीडितको सहयोगको निम्ति युवा संघ सदैब तयार रहेको बताउदै बैठकका अध्यक्ष चौधरीले बैठक समापन गरेका थिए।
