
चितवन। राष्ट्रिय युवा संघ नेपाल कालिका नगरकमिटी द्वारा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
कालिका ३ निवासी युवा संघका जिल्ला सदस्य तथा मदन भन्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटीका सह-सचिब निमा दोर्जे तामाङ (अनिल)को पुजनिय पिता “धावा सिङ्बो तामाङ”को असामयिक निधनमा दु:ख व्यक्त गर्दै राष्ट्रिय युवा संघ नेपाल कालिका नगरकमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो।
उक्त सभामा युवा संघ कालिकाका संयोजक पुर्ण चौधरी(निशान)ले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवङ्गत शरीरको चिर शान्तिको समेत कामना गरेका थिए।
सभामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब प्रताप डल्लाकोटि , केन्द्रिय सचिवालय सदस्य अस्मिन घिमिरे केन्द्रिय सदस्य लक्ष्यमण पौडेल र चितवन जिल्ला संयोजक सुशील के.सीको समेत बिशेष उपस्थिति रहेको थियो ।


