काठमाडौं – विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालममा सर्वाधिक फलोवर्स पाउने खेलाडी बनेका छन् ।

उनलाई सामाजिक सञ्जालमा इन्स्टाग्राममा ३ सय मिलियनले फलो गरेका छन् । उनका फेसबुक र ट्वीटरमा ५०० मिलियन बढी फलोवर्स छन् । अहिलेसम्म सामाजिक सञ्जालमा उनको जस्तो ५०० मिलियन बढी फलोवर्स कुनै खेलाडिको पुगेको छैन ।

उनी हालै इन्स्टाग्राममा बढी फलोवर्स भएका खेलाडी बनेका हुन् । रोनाल्डोपछि द रक को २ सय ४६ मिलियन फलोअर्स छन् ।

द रक पछि लियोनल मेस्सी धेरै फलोअर्स भएका व्यक्तिमा पर्छन् । उनका २ सय १९ मिलियन फलोवर्स छन् । यस्तै चौथोमा ब्राजिलका स्टार नेयमार छन् । उनका १ सय ५२ मिलियन फलोवर्स छन् ।
