नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ कार्यान्वयनमा ल्याएको छ। खास गरेर विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरुलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न एवम् आर्थिक कृयाकलापहरु सहज रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न आवश्यक भएकोले विदेशी विनिमयएन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक एन, २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्र्योग गरी नेपाल राष्ट्र बैंकले यो विनियमावली कार्यान्वयनमा ल्याएको हो।
विनियमावली अनुसार विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगीको दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सन्चालन खर्च बापतको विदेशी मुद्रा इक्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणाली मार्फत नेपाल पठाउन वा भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नहुने भएको छ।
यस्तै, विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्च्यात सो बापत विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुने छैन।
विनियमावलीको पूर्णपाठ: नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८
