काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै विष्णु पौडेललाई गृहमन्त्रालयसहितको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफैँले हेर्ने गरी रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् । अर्थमन्त्री रहेका विष्णु पौडेललाई गृहसहित उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा र जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसैगरी बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लिलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दिइएको छ ।

