• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपालमा गाडी उत्पादन गर्न आएको कोरियन कम्पनी तीन वर्षदेखि वार्ता गरेको गर्यै


  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
  • काठमाडौं । सरकारले विश्वका १० ठूला गाडी निर्माता कम्पनीबाट नेपालमा गाडी उत्पादन गर्ने भनिरहेको छ । तर, नेपालमा गाडी उत्पादन गर्ने अनुमति पाएको कोरियन कम्पनी मोट्रेक्सले भने सरकारसँग कुरा नमिलेका कारण काम अघि बढाउन सकेको छैन ।

    Advertisement

    लगानी बोर्डले २०७५ सालमा नै मोट्रेक्सलाई नेपालमा गाडी बनाउने अनुमति दिएको थियो । अनुमति दिएको ३ वर्षसम्म पनि सरकार र मोट्रेक्सबीच विभिन्न चरणमा कुरा मात्रै भइरहेको छ, थप प्रक्रिया अघि बढ्न सकेको छैन ।

    कम्पनीले आय कर र अन्तशुल्कमा छुट मागिरहेको छ भने सरकारले कानूनअनुसार आयकर र अन्तशुल्क छुट दिने कुरा गरिरहेको छ । मुख्यत यहीं विषयमा कुरा नमिलेका कारण मोट्रेक्सले नेपालमा लागानी गर्न सकिरहेको छैन ।

    आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय गाडी उत्पादन गर्ने विश्वका १० ठूला कम्पनी नेपाल ल्याउन सरकारले भूमिका खेल्ने बताए । तर गाडी उत्पादन गर्न तयार कम्पनी मोट्रेक्सले नेपालमा जग्गासमेत पाएको छैन । सरकारले भने अहिले कोरोना कहरका कारण कम्पनीको काम अघि बढ्न नसकेको बताइरहेको छ ।

    नेपालमा उक्त कम्पनीको गाडी उत्पादनका लागि कम्पनीका पदाधिकारी र लगानी बोर्डको सिईओ, उद्योग मन्त्रलायका सहसचिव, अर्थमन्त्रालयका सहसचिव र कानून मन्त्रालयका सहसचिवको वार्ता टोली बनेको छ । वार्ता टोलीबीच वार्ता भइरहेको छ, तर परिणामुखी हुन सकेको छैन ।

    ‘कर छुट, सहुलियत लगायतका विषयमा कुरा मिलिसकेको छैन’ लगानी बोर्डका प्रवक्ता भुपाल बरालले भने, ‘छलफल जारी छ, अहिले कोरोनाका कारण थप काम हुन पाएको छैन ।’

    कम्पनीले प्लान्ट स्थापनाको लागि भन्दै बोर्डसँग स्वीकृत भएदेखि एक सय रोपनी जग्गा मागिरहेको छ । सम्झौताअनुसार उक्त कम्पनीले यसै वर्षदेखि नेपालमा गाडी उत्पादन सुरु गर्नुपर्ने थियो ।

    १० अर्ब ५४ करोड अनुमानित लगानीसहितको प्लान्ट निर्माणका लागि कम्पनीले जग्गा पाउन बोर्डसँग बारम्बार छलफलसमेत गरेको छ । गएको पुस महिनामा पनि कम्पनीका अधिकारीले सरकारी अधिकारीसँग भर्चुअल छलफल गरेका थिए । छलफलमा आर्थिक ऐन २०७६ अनुसार कम्पनी स्थापना हुने भनिएकोमा अब आर्थिक ऐन २०७७ अनुसार काम अघि बढ्ने जनाइएको छ ।

    मोट्रेक्सले उत्पादन अनुमति पाएपछि धेरै विदेशी कम्पनीले नेपालमा रुचि देखाए । उद्योग विभागमा धेरै कम्पनी दर्ता पनि भएका छन् ।

    उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटा गाडी कम्पनी दर्ता भएका छन् । यी मध्ये १५ वटामा विदेशी कम्पनीले लगानी गर्दैछन् । २३ मध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् ।

    नेपालमा गाडी उद्योग सञ्चालन गर्न १२ अर्ब ६२ करोड ५५ लाख लगानी गर्ने भन्दै उद्योग दर्ता भएका छन् । त्यसमध्ये विदेशी कम्पनीले १० अर्ब ४४ करोड ५० लाख लगानी गर्ने भनिएको छ ।

    स्वदेशीमा सबैभन्दा धेरै लक्ष्मी मोटर कर्पोरेशन प्रालिले गाडी उद्योगमा लगानी गर्ने भएको छ । सो उद्योगको कूल पुँजी एक अर्ब ३२ करोड छ ।

    तथ्यांकअनुसार ११ वटा उद्योगमा विदेशीको पूर्ण लगानी रहने छ । दर्ता भएकामध्ये ८ वटा उद्योगमा मात्रै नेपाली कम्पनीको पूर्ण लगानी हुनेछ । ४ वटा उद्योगमा नेपाली र विदेशी कम्पनीले संयुक्त लगानी गर्नेछन् ।

    नेपालमा हाल गोल्छा अर्गनाइजेशन र जगदम्बा मोटर्सले पेट्रोलबाट चल्ने बाइक बनाउँछ । यी कम्पनीले टिभिएस र बजाज ब्राण्डका पाटपुर्जा विदेशबाट नेपाल ल्याएर बाइक बनाउँछ ।

    मोट्रेक्स त एउटा उदाहरण मात्रै हो, कानूनी अड्चनका कारण नेपालमा लगानी गर्न चाहने विदेशी कम्पनीहरू पन्छिरहेका छन् ।

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.