काठमाडौं – विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका स्टार लियोनल मेसीको आज जन्मदिन परेको छ । १९८७ जुन २४ मा जन्मिएका मेसीले आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछन् ।
उनको जन्म रोजारियो, सान्टा फेमा भएको थियो।जन्मदिनमा उनलाई सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । उनी अर्जेन्टिना राष्ट्रिय फुटबल टोली तथा स्पेनिश क्लब बार्सिलोनाका कप्तान हुन्।

नेपालमा रहेका मेसीका समर्थकहरुले पनि सामाजिक सञ्जालमार्फत मेसीलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । गएको बर्षको जन्मदिनमा कोरोना महामारीका कारण मेसीले राम्रो सँग जन्मदिन मनाउन पाएनन् ।

कम उमेरमानै फुटबल खेल्न शुरू गरेका मेसीले २१ वर्षको उमेरमा नै ‘बेलोन डी’ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि जितेका थिए ।उनले ६ पटक ‘बालोन डे ओर’ जितेका छन् ।

उनले सन् २००४-०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडेका थिए ।
प्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए । मेसी २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा पनि अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोर गर्ने खेलाडी बनेका थिए । उनी सन् २०१४ मार्चमा बार्सिलोना फुटबल क्लबको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका थिए।



