• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नदियाको यात्रा : तालिबानीले बुबा मारेपछि शरणार्थी शिविर हुँदै पीएसजी स्टारसम्म


  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
  • नादिया नदिम, विश्व फुटबलमा एक औसत फुटबलर मात्रै होइनन् । उनी विश्व फुटबल विशेष गरी महिला फुटबलमा चर्चित क्बलहरू- पोर्टल्यान्ड थ्रोन्स, म्यानचेस्टर सिटी र अहिले पेरिस सेन्ट जर्मन (पिएसजी) की एक ‘प्रोलिफिक’ गोलस्कोरर हुन् । नादिया आफ्नो अधिकांश समय संयुक्त रास्ट्रसंघको सद्भावना दूतको रूपमा, समाजसेवामा र नयाँ भाषा सिक्नमा बिताउँछिन् । त्यसैले त नदिया अहिले विश्वका नौ भाषा फरर बोल्न सक्छिन् ।

    Advertisement

    यसका अतिरिक्त उनी आफूलाई भविष्यमा ‘कन्सट्रक्टिब’ सर्जन बनाउने योजनामा छिन्, नदिया । र, त्यसका लागि पनि आफूलाई समय दिइरहेकी छन् । फुटबलबाट सन्यास लिएपछि नदियाले आफ्नो कोर्ष पूरा गर्नेछिन् । अनि, आफूलाई क्वालिफाइड सर्जनको रूपमा पाउनेछिन् ।

    नदियाको मैदान बाहिरका पछिल्ला काम पिएसजी र केएलएबियु नामक च्यारिटी संस्थाबाट गरिरहेकी छन् । उनी विश्वभरका शरणार्थी शिविरहरूमा खेलकुद क्लब बनाउन लागि परेकी छिन् । उनको नयाँ सम्झौताले १० हजार शरणार्थी बालबालिकाहरूलाई खेलकुदमा जोड्ने आशा गरिएको छ ।

    यो नदियाको हृदयमा गडिएर बसेको विषय हो । र, शरणार्थी बालबालिकासम्म खेलकुदको पहुँच पुर्‍याउनु नउको उद्देश्य पनि । अफगानिस्तानमा जन्मिएकी नदियाका बुबालाई तालिबानले मारेका थिए । जब उनका बुबा मारिए, उनी त्यसबेला ११ वर्षकी थिइन् । त्यसपछि नदियासामु आमा र आफ्ना चार दिदीबहिनीहरूसँगै नक्कली पासपोर्ट बनाएर छिमेकी मुलुक पाकिस्तान हुँदै देश त्याग्नु पर्ने बाध्यता आयो । उनीहरू देश छोडर डेनमार्क आए । र, अहिले डेनमार्कलाई नै नदिया आफ्नो घर भन्छिन् ।

    ‘म कसरी बाँच्ने भन्ने मात्रै सोचिरहेकी थिएँ । कसरी भोलिसम्म ज्युँदै रहने मात्र मेरो सोच थियो’, सिएनएन स्पोर्ट्ससँग कुराकानी गर्दै नदिया भन्छिन्, ‘म हेरिरहेकी थिएँ । यहाँ के भइरहेको छ ? अहिले के भइरहेको छ ? म भोलि बिहानसम्म कसरी बाँच्न सक्छु ?’

    ‘यो शरणार्थी शिविरमा बस्ने प्राय धेरैले भोग्ने कुरा हो । यस्तो क्षणमा जो कोहीले पनि सम्भव भएसम्म राम्रो होस् भन्ने सोच्छन् र ज्युँदो रहने हरसम्भव प्रयास गर्छन् । र, राम्रो भविष्यको कल्पना गर्छन् ।’

    नदिया नदिमले अन्तर्राष्ट्रिय फुटबलमा सन् २००९ देखि डेनमार्कको प्रतिनिधित्व गरिरहेकी छन् ।

    जब नदिया आफ्नी आमासँग डेनमार्क पुगिन् र शरणार्थी क्याम्पमा बस्न थालिन्, उनले फुटबलप्रतिको आफ्नो प्रेम पनि त्यही क्याम्पमा भेट्टाइन् ।

    उनी बसिरहेको शिविर नजिकै केही बच्चाहरू… नदिया सम्झिन्छिन्, ‘एक गोलो बल खेल्दै थिए ।’

    ‘त्यो बेला देखेको दृष्य एकदमै गज्जब थियो । मैले पनि अरू बच्चा जस्तै गर्न चाहेँ,’ उनी भन्छिन्, ‘त्यसै बेलादेखि मैले फुटबल छाडेकी छैन । हेर्नु यसले मलाई पिएसजीसम्म ल्याएको छ ।’

    नदियाले फुटबल खेल्दा पाएको पहिलो ‘एक्सपोजर’ उनले अहिले खेल्ने जस्तो थिएन भन्नु न्यायसम्मत् हुन्छ ।

    ‘सुरुआतमा त्यो केही अनौपचारिक जस्तो थियो’, नादिया हाँस्छिन, ‘सबैले बललाई पालैपालो लात्तीले हिर्काउने, सबैले एक अर्कालाइ पच्छ्याउने र सबैका विरुद्ध सबैजना खेले जस्तो लाग्थ्यो ।’

    ‘तर क्रमशः मैले फुटबल कसरी खेल्ने भन्ने बारेमा पत्ता लगाएँ । किनभने, शिविर नजिकै फुटबल क्लब थियो । त्यहाँबाट मैले फुटबलमा फर्मेसन पनि हुन्छन् भन्ने थाहा पाएँ । बल आउट हुँदा म त्यो अभ्यास गर्थेँ । र, मैले बिस्तारै त्यहाँ खेलिने जस्तै फुटबल खेल्ने कोसिस गरेँ।’

    ‘म फेरि बच्चा भए हुन पाए’

    नदियालाइ मानव जातीलाई जिज्ञासुको प्राणीको रूपमा व्याख्या गर्छिन् । केहि देखेमा त्यहि प्रयास गर्छन्, खासगरी बच्चाहरू अझै जिज्ञासु हुने उनको विश्वास छ । र, नदियाका लागि शरणार्थी शिविरका बच्चाहरूको पहुँचमा खेलकुद पुर्‍याउनु पर्ने बुझाइको कारण पनि यही जिज्ञासु पन हो ।

    ‘सोच्नुस् त! विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर– कक्स बजारमा दश लाख शरणार्थीहरू छन् । हामीले सुरु गरेको यो परियोजना त्यहाँसम्म फुटबल पुर्‍याउनका लागिा हो । कल्पना गरौँ दुई, तीन, चार जना खेलाडी बनुन् ।’

    नदियाले आफू शरणार्थी शिविरमा बिताएको समय सुनाउँदा धेरै मान्छे अचम्ममा पार्छिन् । ‘मेरो जीवनको सबैभन्दा रमाइलो क्षण थियो,’ नदिया भन्छिन् ।

    युद्धले क्षतविक्षत् अफगानिस्तानमा जन्मिएकी नादियाले अन्य बालबालिकाले जस्तो सामान्य बाल्यकाल बिताउन पाइनन् । तर, डेनमार्क पुगेपछि त्यो सबै परिवर्तन भएको उनी बताउँछिन् ।

    नदिया आफ्नो करियरभरी ‘प्रोलिफिक गोलस्कोर’ हुन् ।

    ‘बिस्तारै म शरणार्थी शिविरमा आएँ । त्यो शिविरमा खेलकुद र पढ्ने सुविधा पनि थिए । मलाईँ यस्तो लाग्छ कि म फेरि म बच्चा हुन पाउँ’, नदिया भन्छिन् ।

    ‘त्यसैले, शरणार्थी शिविरमा हुँदाका साँच्चै–साँच्चै नै ‘प्रिय’क्षण अनुभवहरू मसँग छन् ।  मलाइ थाहा छ यो अनौठो सुनिन्छ, मान्छेहरूले  के रे भन्छन् ? तर, मैले त्यो बेला त्यस्तै महसुस गरेँ । त्यसैले मलाई केएलएबियु र पिएसजीले त्यहि प्रयास गरिरहेको लाग्छ ।’

    ‘यो कठिन समय हो । शरणार्थी शिविर बच्चाहरूलाई हुर्किन बढ्नका लागि उचित स्थान होइन, र हुँदैन पनि । तर, हामी यसलाई केहि सकारात्मक बनाउन लागिरहेका छौँ ।’

    नदियालाई लाग्छ, शरणार्थीहरूलाई लिएर मानिसको धारणा बास्तविकता भन्दा फरक छ । केही समाचारहरूमा घरबारविहीन बनाइएका शरणार्थीहरूको अवस्था देखाउने कोसिस गर्छन् । हेर्नेहरूले त्यो कठोर अवस्था बुझ्न सक्दैनन् ।

    ‘उनीहरूको अवस्था तपाईँले कल्पना गर्ने भन्दा पनि दयनीय हुन्छ’, नदिया भन्छिन् ।

    केएलएबियुका अनुसार हाल विश्वभर ८ करोड शरणार्थी छन् । यो संख्या दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै हो । तीमध्ये आधा संख्या त बालबालिकाहरूको नै छ ।

    केएलएबियुका अनुसार नदिया जस्ता धेरै शरणार्थी बालबालिकाले शिक्षा र सामान्य बाल्यकालमा आवश्यक हुने आधारभूत कुरा पनि पाँउदैनन् ।

    यो साझेदारीको पहिलो परियोजना बंगलादेशको कक्स बजारमा आधारित हुनेछ । जहाँ केएलएबियु र पिएसजीले ‘क्लब सेन्टर’ बनाउनेछन्, जसलाई स्पोर्ट्स लाइब्रेरीको रूपमा प्रयोग गरिनेछ । त्यहाँबाट बालबालिकाहरूले खेल सामग्री तथा तालिमहरू पाउनेछन । त्यति मात्र नभएर कुनै प्रतियोगिता खेल्न जानका लागि आवश्यक तालिम तथा आवश्यक सामग्री पनि उपलब्ध गराइनेछ ।

    यो परियोजनाले बालबालिकासँगै उनीहरूका आमाबुबालाई पनि सहयोग हुनेमा नदिया आशावादी छिन् । जब आमा–दिदीहरूसँगै नदियाले डेनमार्कको शरणार्थी  शिविर छोड्यो, तब उनकी आमालाइ कत्ति गाह्रो थियो ? र, आफ्नो भविष्य कति अनिश्चित छ भन्ने बुझिन् ।

    ‘शारिरीक रूपमा गाह्रो थियो,’ नदिया भन्छिन्, ‘तर, मानसिक रूपमा झन्–झनै गाह्रो थियो ।’

    गत सिजन आर्सनल र पिएसजीबीचको खेलमा नदिया ।

    जब नदियाको खेलकुद करिअर सकिन्छ, तब उनलाई मैदानमा हासिल गरेका उपलब्धीहरू भन्दा धेरै उनका मानविय सहायताका कामहरूको याद आइरहने छ । यस्तो परियोजनामा सहभागी भएर आफूले भोगे जस्तो अवस्थाबाट गुज्रिरहेका, आफूले जस्तै संघर्ष गरिरहेकालाई सहयोग गर्दा नदियालाई गर्वान्वत महसुस हुन्छ ।

    ‘मानव भएको कारण कहिले काहीँ आफू स्वयमले नभोगेको कुरा बुझ्न धेरै कठिन हुन्छ,’ नदिया भन्छिन् ।

    ‘त्यसैले उस्तै परिस्थितिबाट गुज्रिएका मान्छेहरूलाई बुझाउन सजिलो हुन्छ । हामी शरणार्थी शिविरहरूको अवस्थामाथ बनाइएका समाचार र तस्बिरहरू हेर्छौं । जलवायु परिवर्तन वा अन्य केहि कारणबाट मान्छेहरू घरबारबाट विस्थापित भएको सुन्छौँ । तर, के साच्चिकै हामी त्यो बुझ्छौँ त ? मलाइ लाग्छ बुझ्दैनौँ । जसले त्यो अवस्थाको सामना गरेको हुँदैन उसले बुझ्दैन,’ नदिया भन्छिन्, ‘यदि तपाईँ शरणार्थी शिविर पुग्नु भएको छ भने त्यहाँ कति खराब अवस्था हुन्छ र कतिसम्म खराब हुनसक्छ भन्ने महसुस गर्न सक्नु हुन्छ । मलाइ यो थाहा छ । मैले आफू स्वयमले  यो सबै महसुस गरेको छु । र, अहिले मैले यो देखेकी पनि छु । यदि तपाईँ केन्या, बंगलादेश र कोक्स बजार पुग्नुभयो भने त्यो मजाक होइन भन्ने बुझ्नु हुनेछ, महसुस गर्नु हुनेछ ।’

     

    उनीहरू साँच्चिकै बिगोज अवस्थामा बाँचिरहेका छन् । त्यस्ता ठाँउमा स्पोर्ट्स पुर्‍याउन सके कम्तिमा एक वा दुई घन्टा भए पनि कहाली लाग्दो बास्तविक जीवनका पीडा र दुःख भुलाउन सजिलो हुनसक्छ । र, कसैलाई आफ्नो भविष्य आफूले चाहेको जस्तो बनाउने मौका पनि हुनसक्छ । त्यो एकदमै राम्रो र सराहनीय कुरा हो ।’

    सीएनएनबाट

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद २०२६: पदक तालिकामा चीनको अग्रता कायमै
    साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने
    स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अष्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.