काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताएका छन् । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा कसैले फेरबदल गर्न नसक्ने बताए । उनले नेपालको नक्सा र विदेश नीति प्रष्ट आधारमा बनेको बताए ।
छिमेकीका बीचमा सम्बन्ध राम्रो राख्नमा मुख्य जोड रहने बताए । उनले भने – ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्छ तर यसो भन्नु कुनै कायरता वा निरिहता होइन ।’
यस्तै प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक बिषयमा बोल्दै राष्ट्रपतिमाथि अहिले बढी टिप्पणी गरिन थालिएको बताए । यस्तै धादिङमा सर्वोच्च अदालतको फैसलाबारे एक नेताले बोलेको प्रशंगबारे बोल्दै ओलीले भने – ‘कुखुरा हराउनु र अघिल्लो दिन धादिङमा स्याल कराउनु संयोग मात्र हो ‘
