असार १२ ।गैडाकोट नगरपालिका (१४-१७) अमरापुरी मा एरिया ३ का सम्पुर्ण लियो क्लबले रक्तदान दिवस को अवसरमा चलाइरहेको घुम्ती शिविर र अमरापुरी युथ ब्वाइजको समन्वयले रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
उक्त कार्यक्रममा ३६ जना ले रक्तदान गरेका छन जसमध्य एक जना बिदेशि नागरिक पनि रहेको जानकारी कार्यक्रम का सह-आयोजक सदस्य राजकुमार क्षेत्रीले जानकारी दिए। निरन्तर झरीका बिचमा पनि समय निकालेर रक्तदान गरेर बिरामीलाई रक्तअभाव हुन नदिन सहयोग हुने उनिहरुको भनाइ थियो।
अमरापुरी युथ ब्वाइजले लामो समयदेखि यस्तै रचनात्मक काम गर्दै आएको छ।
