काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएको बताएका छन् । शनिवार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
ओलीले अदालतलाई धम्क्याएको भन्दै प्रचण्डले सर्वोच्च अदालतले संविधानअनुसार, लोकतान्त्रिक मूल्य–मान्यताअनुसार फैसला गर्नेमा विश्वास रहेको बताए ।
यस्तै उनले विपक्षी गठबन्धनको संघर्ष प्रधानमन्त्री बन्नका लागि नभएको पनि बताए । आफुहरु कुर्ची छोडेर देशको हितमा लाग्ने मान्छेहरुमा नभएको प्रचण्डले बताए । लोकतान्त्रिक मुल्य मान्यताका लागि गठबन्धन आवश्यक भएको बन्दै उनले संविधानको रक्षा गर्नैपर्छ, नत्र देश बर्बाद हुन्छ भनेर आफुहरु लागेको बताए ।
पाँच पूर्वप्रधानमन्त्रीद्वारा जारी गरिएको वक्तव्यको अन्तर्य बुझ्नेलाई इसारा काफी रहेको पनि उनले बताए ।
उनले भने – ‘हामी ५ पूर्व प्रधानमन्त्रीले दिएको विज्ञप्ति बुझ्नेका लागि इसारा काफि छ। पत्रकार साथीहरु हामीलाई धेरै एक्सपोज गर्न नलगाउनुस्। नेतालाई धेरै एक्सपोज गराउदा देशलाई फाइदा हुदैन’
आफूहरुलाई कसैसँग दुस्मनी गर्नु आवश्यक नरहेको बताउदै प्रचण्डले आफुहरुले पनि छिमेकीहरुसँग पनि राम्रो सम्बन्ध होस् भन्ने चाहेको बताए ।
