काठमाडौं – फ्रान्सेली खेलाडी तथा पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार केलियन एम्बाप्पेका भाईले दाईकै टिमबाट खेल्ने भएका छन् । केलियनका भाई १५ बर्षिय इथान एम्बाप्पेले पिएसजीको युवा टिमबाट खेल्ने भएका हुन् ।
उनले पिएसजीको युवा टिमसँग तीन बर्षको समझौता गरेका छन् । उनले अहिले जुनियर तहबाट खेलिरहेका छन् । युवा टिममा इथानसँगै सेनी मायुलुले पनि पिएसजीसँग समझौता गरेका छन् ।
इथार्नले पिएसजीसँग समझौता गरेपछि केलियनले पिएसजीमा आफ्नो सम्झौता नवीकरण गर्छन या गर्दैनन् भन्ने चासो बढेको छ । एम्बाप्पेको पिएसजीसँग अब एक बर्ष सम्झौता बाँकी रहेको छ ।
