• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

देउवा र प्रचण्डलाई साक्षी राखेर माधव नेपालको कित्ता क्लियर : ओलीसँग मिल्ने ‘च्याप्टर क्लोज’


  •   शनिबार, असार १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधिसभा विघटनको कदमविरुद्धको राजनीतिक सहकार्य गरिरहेको विपक्षी गठबन्धनले आफ्नो औचित्यबारे नागरिक समाजसंग नियमित अन्तरक्रिया गर्दैछ । दुई दिनअघि मात्रै मूलधारको मिडियाका सम्पादकसँग गठबन्धनका शीर्ष नेताहरुले अन्तरक्रिया गरेका थिए ।

    Advertisement

    शनिवार पनि राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग गठबन्धनका नेताहरुले छलफल गरे । पत्रकारहरुलाई प्रश्नभन्दा सुझाव र टिप्पणी राख्न अनुरोध गरिएको कार्यक्रममा सुझावभन्दा प्रश्नकै ओइरो लाग्यो ।

    पत्रकारको प्रश्न र नेताहरुको जवाफको मुख्य निशाना थिए, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । एमाले एकताको सम्भावना बाँकी रहे-नरहेकोदेखि नेपाल समूहको राजनीतिक वैधता र निरन्तरतासम्मको प्रश्न पत्रकारले उठाए ।

    ‘एमाले अध्यक्षसँग अझै आलिंगनको सम्भावना छ की छैन ?’, शुरुमै पत्रकार वृत्तबाट सवाल थियो । एमालेको संस्थापन पक्ष सरकारमा र नेपाल पक्ष विपक्षी गठबन्धनमा रहेको बारे कांग्रेस र माओवादीप्रति पनि पत्रकारका प्रश्न तेर्सिए ।

    केपी ओलीले प्रधानमन्त्री अफर गरे पनि अब मिल्ने सम्भावना नरहेको र गठबन्धन छाड्न नसक्ने प्रष्ट पारे । माधव नेपालले सुविचारित रुपमा आफूहरु विद्रोही एमाले भन्दै यसलाई त्यस अर्थमा बुझ्न आग्रह समेत गरे । उनले करीव–करीव एमालेमा रहने सम्भावनाको अन्त्य भएको संकेत गरे ।

    ‘यो गठनबन्धनले माधव नेपाल पक्षलाई कसरी समेट्छ ? संसद पुनःस्थापना भैहाल्यो भनेपनि उहाँहरु त एमालेकै सांसद हो नि’, पत्रकारको जिज्ञासा रह्यो । यहीकारण सबैजसो शीर्ष नेताहरुले सम्बोधनका क्रममा नेपाल पक्षको भूमिका र निरन्तरताबारे धारणा राखे ।

    केही दिनदेखि लगातार यस्तै प्रश्नको सामना गरिरहेका र आफ्नै समूहभित्र पनि एमालेमै एकताको पक्षमा दोस्रो पुस्ताका नेताहरुले केपी ओलीसँग वार्ता गरिरहेको बेला दबाबमा रहेका नेपालले शनिवार आफ्नो कित्ता प्रष्ट पारे ।

    उनले केपी ओलीले प्रधानमन्त्री अफर गरे पनि अब मिल्ने सम्भावना नरहेको र गठबन्धन छाड्न नसक्ने प्रष्ट पारे । माधव नेपालले सुविचारित रुपमा आफूहरु विद्रोही एमाले भन्दै यसलाई त्यस अर्थमा बुझ्न आग्रह समेत गरे । उनले करीव–करीव एमालेमा रहने सम्भावनाको अन्त्य भएको संकेत गरे ।

    माधव नेपालकै कारण विघटित प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन प्राप्त गरेका शेरवहादुर देउवा र प्रचण्डले पनि अघिपछि भन्दा खुलेर उनको बचाउमात्र गरेनन्, यो गठबन्धन धेरै समयसम्म (चुनावपछि) कायम रहने बताए । माधव नेपाललाई परेका कानूनी र संवैधानिक साह्रो-गाह्रो फुकाउन देउवा र प्रचण्डले सघाउने बताएका छन् ।

    माधव नेपालले शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने प्रक्रियासम्म आफूहरु विद्रोही एमालेमै रहने र त्यसपछिको ३० दिनमा विश्वासको मत लिने बेलासम्म अर्को दल दर्ता गरेर सांसद पद जोगाउने उपायबारे गठबन्धनमा सहमति भएको संकेत समेत दिए ।

    देउवालाई दिएको समर्थन फिर्ता हुन्न

    नेपाल स्वयंले विपक्षी गठबन्धनमा नेकपा एमाले व्रिदोही समूह सहभागि भएको भन्दै भनाई सुरु गरे । ‘हामी पनि एमाले नै हौं । अझ भनौं हामी नेकपा एमाले विद्रोही हौं । संविधान र लोकतन्त्र बचाउन विद्रोह गरेर हामी गठबन्धनमा आएका हौं । यो गठबन्धन निरन्तर रहन्छ’, नेपालको भनाई थियो ।

    उनले आफूलाई राजनीतिक लाभका अनेक अफर आएपनि अब गठबन्धनमा धोका नदिने बताए ।

    ‘माधव नेपाल धोका दिने मान्छे होइन । अब न शेरबहादुरजीलाई दिएको समर्थन फिर्ता हुन्छ न अदालतको मुद्दा फिर्ता हुन्छ । जे हुन्छ गठबन्धनमै रहेर हुन्छ’, नेपालले प्रष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओली सच्चिने विश्वास आफूलाई नभएको पनि उनले बताए । ‘बालुवा पेलेर तेल आउँदैन मलाई थाहा छ । तैपनि तेल निस्केर आश्चर्य हुन्छ की भनेर पेलेको हो । गल्ती स्वीकार्न केपी ओली तयार छैनन्, केपी प्रवृत्ति स्वीकार्न हामी तयार छैनौं’, नेपालले भने ।

    ओलीलाई निर्वाचित तानाशाहको रुपमा प्रस्तुत गर्दै नेपालले सही धरातलमा उभिएका कारण आफ्नो कन्फिडेन्स बढेको बताए ।

    ‘माधवजी लडाकु मित्र हुनुहुन्छ । उहाँकै नेतृत्वमा पार्टी बन्छ भन्ने मलाई विश्वास छ । लोकतन्त्र र संविधानको पक्षमा माधवजी उभिनुभएको छ, उहाँहरुलाई कुनै धोका हुनेछैन’, देउवाले भने । नेपालको राजनीति ‘कोलिसन’ मा गइसकेको भन्दै देउवाले चुनावी गठबन्धनको संकेत पनि गरे ।

    ‘लोकतान्त्रिक देशमा पनि तानाशाह जन्मिँदो रहेछ । सत्ता, शक्ति र पैसा भएपछि केही नचाहिने माथ ओलीजीलाई लागेको छ । हामी त तानाशाहको विरुद्ध सही धरातलमा छौं, त्यसैले हाम्रो कन्फिडेन्स बढेको छ’, उनले भने । नेता नेपालले संविधान र लोकतन्त्रका लागि गठबन्धन दीर्घकालसम्म कायम रहने बताए ।

    ‘केही राजनीतिक संवैधानिक बाध्यता होलान् । तर, संसद पुनःस्थापना भएपछि ३० दिन त हामीसँग छ नि’, उनले भने ।

    देउवा र प्रचण्डको काँध

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मले नेपालको भूमिकाको प्रशंसा गरे । एमालेको वास्तविक नेता नै नेपाल भएको प्रचण्डको दावी थियो ।

    ‘एमालेको रियल लिडर माधवजी हो । केपी ओली त दिनदिनै खस्किँदैछन्’, प्रचण्डले भने । नेपालसहितका नेताहरु लोकतन्त्र र संविधानका लागि संघर्षबाट खारिएर आएको भएपनि ओलीले लोकतन्त्रका लागि कुनै योगदान नगरेको दावी समेत दाहालले गरे ।

    गठबन्धन क्षणिक नभएको भन्दै उनले नेपाल पक्षको राजनीतिक समस्याप्रति गठबन्धन जानकार रहेको बताए । ‘मलाई माओवादीमा समस्या छैन, देउवाजीलाई कांग्रेसमा समस्या छैन । अलिकति अप्ठ्यारो परेको माधवजीलाई हो, त्यो हामीले बुझेका छौं’, प्रचण्डले भने ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले त नेपाललाई ‘लडाकु’ को संज्ञा नै दिए । विगतमा कांग्रेसले नै नेपाललाई प्रधानमन्त्री बनाएको स्मरण गर्दै देउवाले लोकतन्त्र र संविधानको पक्षमा नेपालले लिएको अडान सही भएको बताए । गठबन्धनलाई कुनै धोका नहुने नेपालको घोषणाको प्रतिक्रियामा नेपाललाई पनि कुनै धोका नहुने देउवाले बताए ।

    ‘माधवजी लडाकु मित्र हुनुहुन्छ । उहाँकै नेतृत्वमा पार्टी बन्छ भन्ने मलाई विश्वास छ । लोकतन्त्र र संविधानको पक्षमा माधवजी उभिनुभएको छ, उहाँहरुलाई कुनै धोका हुनेछैन’, देउवाले भने । नेपालको राजनीति ‘कोलिसन’ मा गइसकेको भन्दै देउवाले चुनावी गठबन्धनको संकेत पनि गरे ।

    ‘नेपालको राजनीतिमा कोलिसन आवश्यक भइसक्यो । एक्लै चुनाव जितेर पनि कसैले सरकार चलाउने देखिएन । गठबन्धनमा कुनै समस्या आउन नदिन हामी प्रतिबद्ध छौं’, देउवाले भने ।

    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.