• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

पिक सिजनमै भेडेटार सुनसान, निषेधाज्ञा खुकुलो हुँदा पनि बढेनन् आन्तरिक पर्यटक


  •   शनिबार, असार १२, २०७८ मा प्रकाशित
  • विराटनगर। पूर्वमा तराइको उखरमाउलो गर्मि छल्न छोटो दुरीकै यात्रामा पुगिने हिल स्टेशन हो भेडेटार। यहाँ शीतल सदाबहार मात्र छैन, अग्लो डाँडाबाट धरान, इटहरी र धनकुटाको दृश्यावलोकन औधी मोहक हुन्छ।

    Advertisement

     

    जाडोमा पनि पर्यटक आवागमन भइरहने यो ठाउँमा गर्मिमा अझ चाप हुन्छ। आन्तरिक र भारतीय पर्यटकले भरिने र सधैं व्यस्त पूर्वको यो पर्यटकीय गन्तव्य अहिले भने सुनसान छ। फाट्टफुट्ट धरानबाट पुग्नेबाहेक घुमन्ते तन्नेरीहरु देखिएका छैनन्। होटल-रेस्टुरेन्टहरु रित्ता छन्।

    कोभिडको विश्वव्यापी महामारीका कारण लगातार दुई वर्षदेखि बारम्बार जारी हुँदै खुकुलो पारिँदै गरेको लकडाउन र निषेधाज्ञाको असर धनकुटाको यो गन्तव्यलाई परेको हो। उखरमाउलो गर्मी हुने प्रदेश १ को राजधानी विराटनगरबाट १ घण्टा ३० मिनटमा आरामले पुगिने भेडेटारमा सधैं चिसो मौसम हुन्छ।

    मिटरको उचाइमा अवस्थित यो गन्यव्य पूर्वका कुनै पनि शहरबाट गाडीमा सहज आउजाउ गर्न सकिने ठाउँ हो। कुहिराको लर्को आकाशमा बगेको आँखै अगाडि देख्न पाइन्छ। यही चिसो खान र प्राकृतिक सौन्दर्यको पान गर्न  नेपाल र भारतका हजारौं पर्यटक भेडेटार आउँछन्। यतिबेला भेडेटारका व्यवसायी पर्यटकको आवागमन बढ्ने दिन पर्खिरहेका छन्।

    होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र राईका अनुसार भेडेटारमा खाने-बस्ने सुविधा भएका स्तरीय होटल ६५ वटा छन्। यी होटलमा कम्तीमा १ हजार ३ सय पाहुना सजिलै अटाउँछन्। त्यस्तै खानमात्र पाइने रेस्टुरेन्ट शैलीका १ सय ६५ वटा होटल छन्। यहाँका होटल र रेस्टुरेन्टमा ६ सयभन्दा बढीले रोजगारी पाएका छन्।

    ‘पोहोर सिजनकै बेला लकडाउन भयो र यस पटक पनि,’ अध्यक्ष राईले बिजमाण्डूसित भने, ‘हाम्रो सिजन भनेकै चैतदेखि जेठसम्म हो। गत वर्ष चैत ११ देखि र यसपटक वैशाख १८ देखि लकडाउन लाग्यो। दुई–दुई वर्ष लगातार हाम्रो व्यवसाय मुख्य सिजनमै ठप्प भयो।’ लामो समय व्यवसाय ठप्प हुँदा होटल-रेस्टुरेन्टलाई टिक्नै समस्या भएको उनले बताए।

    भेडेटारमा बर्सेनि बढेको पर्यटकको चापलाई हेर्दै रेस्टुरेन्ट खोल्ने होड चलेको थियो। पर्यटकीय संरचना थपिएका थिए। यहाँ व्यवसायीका लागि थुप्रै बैंकले कर्जा लगानी गरेका छन्। ५ ठूला होटल निर्माणाधीन छन्। मुख्य चोकबाट भित्र भित्रैसम्म जग्गाको भाउ छोइनसक्नु छ। तर कोरोना महामारीका कारण यतिबेला व्यवसायीले  अनपेक्षित समस्या सामना गर्नु परेको छ। धेरैले यसरी व्यवसाय ठप्प हुने कल्पनासम्म गरेका थिएनन् । कोरोनाको पहिलो लहर घटेर ट्रयाकमा फर्किन लागेको व्यवसायमा पुनः संकट आएको छ।

    पर्यटक आवागमन ठप्प हुँदा भवन भाडामा लिएर होटल र रेस्टुरेन्ट सञ्चालन गरिरहेकालाई बहालको रकम तिर्न गाह्रो परेको छ। सबै खाले व्यवसायीलाई असार मसान्तमा बैंकको ब्याज तिर्न गाह्रो भइरहेको अध्यक्ष राईले बताए।

    ‘तत्कालका लागि ऋणको किस्तालाई पर सारिनु पर्छ,’ उनले भने, ‘नभए पनि ब्याजलाई ऋणमा कन्भर्ट गरिनुपर्छ। तिर्नुपर्ने अन्तिम किस्ताको म्यादलाई पर सारिनु पर्छ।’ धेरैजसो व्यवसायीले बैंकको ऋण लगानीमा व्यापार गरिरहेका थिए।

    ‘हामीले ऋण नै तिर्दैनौँ भनेका होइनौं। खाएपछि जसले पनि तिर्नुपर्छ, हामी पनि तिर्छौं तर मानवीय रूपमा हामीलाई अहिले अप्ठ्यारो पर्यो अलि पर धकेलिदिनूस् मात्र भनेका हौं,’ उनले भने, ‘समयमा ब्याज र किस्ता बुझाउनेलाई केही छुट पनि हुनुपर्छ।’
    अध्यक्ष राईले आगामी मौद्रिक नीतिले पर्यटन उद्योगका समस्यालाई सम्बोधन गरेर राहत पुर्याएन भने समस्त क्षेत्र नै धराशायी हुनसक्ने र नयाँ लगानीकर्ता निरूत्साहित हुने जिकिर गरे। राष्ट्र बैंकले जारी गर्नै लागेको मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई त्राण दिनुपर्ने र बचाउनुपर्ने आग्रह उनले गरे ।

    होटल एसोसिएसन भेडेटारका संस्थापक अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार भेडेटारले भेडेटारलाई मात्र चम्काएको छैन, यसका कारण यस क्षेत्रका नमस्ते झरना र नाम्जेको होमस्टे पनि पनि चम्किएका छन्। भेडेटारबाट ३ किलोमिटर पूर्वमा पर्ने नाम्जे गाउँ विश्व सूचीमा परिसकेको छ ।

    त्यस्तै भेडेटारकै कारण धरानबाट राजारानी, रवि, राँके र नाम्जेजस्ता विभन्न क्षेत्रमा हाइकिङ, पाथीभरा हेलि सर्भिस र माउन्टेन फ्लाइटज, जिप लाइनिङ, प्याराग्लाइडिङ, तमोर नदिदेखि चतरासम्म र्याफ्टिङ पनि प्रशस्त चलेका क्षेत्र हुन्।
    उनले विश्व सूचीमा परेको नाम्जेमा १९ घरले होमस्टे सञ्चालन गरेको उल्लेख गरे।

    होटल अरुण भ्यालीका सञ्चालकसमेत रहेका श्रेष्ठले भेडेटारमा अर्को एक जिप लाइनिङ, स्काई वाक र थाउजेन्ड बुद्ध नामको स्तूप निर्माणाधीन रहेको जानकारी दिए।

    उनले २०६८ सालमा भेडेटारमा होटल एसोसिएसनको स्थापना गरिएपछि यहाँको पर्यटनले गति लिएको स्पष्ट पारे। ‘भेडेटार पहिले झुप्राझुप्रीको बजार थियो, एक दशकमै सुन्दर र ठूला भवनको शहर भइसकेको छ,’ उनले भने, ‘बिस्तारै खाना, आवास र सबै कुरामा स्तरवृद्धि हुँदैछ।’

    होटल एसोसिएसन भेडेटारका निवर्तमान अध्यक्ष लीला लावतीले भेडेटार र वरिपरिका क्षेत्रलाई विदेशी पर्यटक नचाहिने दाबी गरे। उनका अनुसार यस क्षेत्रलाई नेपालकै र अलिअलि भारतका पर्यटकले पुगिराखेको छ।
    ‘कोभिडपूर्व हामीलाई लाईखाई र खर्चकटाइ गरेर पनि मनग्गे नाफा हुन्थ्यो। हामीले ३/४ महिनाको कमाइले नै वर्ष धान्दै आएका थियौं तर पोहोर र यस पटक गरेर मुख्य सिजनमै व्यवसाय ठप्प भयो,’ उनले भने।

    होटल लावती कर्नरका सञ्चालकसमेत रहेका लीलाले गत वर्ष लकडाउन खुलेका बेला नेपाल र भारतको नाका सिल हुँदा पनि व्यवसायमा उल्लेखनीय असर नपुगेको चर्चा गर्दै आन्तरिक पर्यटकले नै व्यवसाय गुल्जार भएको स्मरण गरे।

    लावतीले यस क्षेत्रमा पिक सिजनमा दैनिक २ हजार मानिस दिउँसो आएर साँझ फर्कने गरेको र ८ सयदेखि १ हजार पर्यटक बस्ने गरेको बताए।
    ‘एक जनाले १ हजार ५ सय खर्च गर्दा पनि ३ हजारले ४५ लाख खर्च गर्छन्,’ उनले भने, ‘धेरैजसो होटल परिवारले नै चलाएका छन्। थोरै कामदार राखेर व्यवसाय गरेका छन्। त्यसैले नाफाको प्रतिशत राम्रो छ।’

    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.