• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

विदेशी हस्तक्षेप स्वीकार्य छैनः उपेन्द्र यादव


  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
  • जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने प्रगतिमनकारी कदम कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। ‘यो मुलुकमा कानुन मिच्नेले जेल र संविधान मिच्नेले प्रधानमन्त्री पाउँछन्,’ उनले टिप्पणी गरे। सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने ‘लोकतन्त्र र संघीयता रहे न मधेसले अरू अधिकार पाउँछ, यो नभए के पाउनु ? लडाइँ यहीँ छ।’ जनता समाजवादी पार्टीमा आफूहरू संघीयता, लोकतन्त्र र राष्ट्रको हितमा खडा भएको भएको भन्दै यादवले आफूहरू कसैको विरोधी वा पक्षधर नभएको बताए। ‘जसलाई गुलाम बन्नुछ बनोस्, हामीलाई केही भन्नु छैन,’ उनले भने, ‘हामी नो प्रो–चीन, नो प्रो–इन्डियन। हामी त प्रो–नेपाली, प्रो–मधेसी।’

    Advertisement

    अध्यक्ष यादवले आफू भारतविरोधी हुनै नसक्ने उल्लेख गर्दै आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य नहुने बताए। भारतसँग मित्रताको सम्बन्ध अमिट रहोस् भन्ने चाहेको उनको भनाइ छ। उनले भने, ‘हामी भारतलाई कुनै नोक्सान पनि पु¥याउन सक्दैनौं। हामी विरोधि पनि हुन सक्दैनाैं। तर उनको हस्तक्षेप पनि स्वीकार गर्न सक्दैनौं। हामी मित्र छौं, मित्रकै रूपमा व्यवहार हुनुपर्छ।’ ‘नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीकै हो,’ यादवले सहभागी कार्यकर्ताहरूसँग भने, ‘तपाईं मेरो मित्र हुनुहुन्छ।

    तपाईंको घरमा मैले हुकुम चलाउन थाले भने स्वीकार गर्नुहुन्छ ? यो त स्वीकार्नु हुन्न, कसैले स्वीकार्दैन नि !, अर्काको घरमा हस्तक्षेप गरेर हुकुम चलाउन मित्र चाहिँदैन भनेर प्रतिवाद गर्नुहुन्छ नि !,’ आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने यादवले अडान राखे। यो अधिकारबाट पछि हट्न सकिन्न। मित्रता र दासत्वमा फरक हुन्छ भन्दै उनले आफूहरूले सबै देशसँग मित्रता, सहयोग र सद्भाव चाहेको बताए।

    एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसदमा उभिएर सत्यमेव जयतेलाई सिंहमेव जयते, भारतीय विस्तारवादी भनेर टिप्पणी गरेको स्मरण गर्दै यादवले भने, ‘आज ओली कसरी उनको मित्र भए ? यो गजब छ।’ सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने दाबी गर्दै अध्यक्ष यादवले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित परमादेश जारी हुन्छ। संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीको घोषणासहित परमादेश जारी हुन्छ। यो ०१७ साल होइन यो ०७८ साल हो।’ ‘राजा त्रिभुवनले संसद् बन्नै नदिने, ०१७ सालमा राजा महेन्द्रले संसद् भंग गर्ने, ज्ञानेन्द्रले पनि संसद्माथि नै प्रहार गर्दै निरकुंश बने। उनीहरूकै पछिल्लो संस्करणको रूपमा अहिले प्रधानमन्त्री ओलीको उदय भएको छ,’ यादवले भने, ‘ओली संसद्माथि प्रहार गर्दे स्वेच्छाचारी र निरकुंश बन्न खोजेका छन्।’

    तराई कांग्रेसलाई पञ्चायतमा बिलय गराउने वदानन्द झाको पछिल्लो संस्करण महन्थ ठाकुर र राजेन्द्र महतोको रूपमा देखिएको उल्लेख गर्दै यादवले भने, ‘एकैजना प्रधानमन्त्रीले एउटै संसद्लाई दुईपटक भंग गरेको उदाहरण संसारमै छैन। कानुन मिच्नेलाई जेल र संविधान मिच्नेलाई प्रधानमन्त्री बनाउने देश दुनियाँमा नेपालबाहेक अर्को छैन।’ संसद् भंग गरी प्रदेशसमेत भंग गर्दै अध्यादेशमार्फत निरकुंश शैलीमा देश चलाउने ओलीको मनसाय रहेको यादवको आरोप छ। उनले लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारी ओलीले ०४७ साल ल्याउन खोजिएको पनि आरोप लगाए। अध्यक्ष यादवले शनिबार नै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई अक्सिजन कन्सनट्रेटरसहितका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।

    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.