• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जर्मनी र इङ्ल्यान्डको त्यो प्रतिस्पर्धा- जसले फुटबललाई सधैंका लागि परिवर्तन गर्‍यो


  •   बुधबार, असार १६, २०७८ मा प्रकाशित
  • काठमाडौं । विश्व फुटबलमा सबैभन्दा ठूलो दुश्मनी जर्मनी र इङ्ल्यान्डभन्दा अरू छैन । यी दुई देशबीच दशकौंदेखि भएका भिडन्तका कयौं इतिहास सम्झनालायक छन् । इङ्ल्यान्ड समर्थकहरूले त पेनाल्टीमा झन् धेरै वर्षदेखि पीडादायी क्षण भोग्नुपरेको परेको छ ।

    Advertisement

    फेरि एक पटक मंगलबार युरो २०२० को नकआउटमा जर्मनी र इङ्ल्यान्ड आमनेसामने हुँदा दुवै देश इतिहासमा नयाँ अध्याय थप्न तयार छन् । क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नु दुवै टोलीको एउटै उद्देश्य हुनेछ ।

    सन् २०१४ को विश्वकप जितेको जर्मनीको हात पछिल्लो समयमाथि देखिन्छ । तर, इङ्ल्यान्डसँगको प्रतिस्पर्धा कठिन हुनेमा शंका छैन । जर्मन समर्थकहरू यो प्रतिस्पर्धालाई लिएर आत्मविश्वास पनि कमजोर छैनन् ।

    सन् १९८७ मा इङ्ल्यान्डबाट जर्मनी सरेका स्टुआर्ट दाइक्स दोहोरो नागरिक हुन् । बुन्डेसलिगा क्लबको कार्यालयमा काम गरेको एक फुटबल समर्थक भएकोले उनले दुवैको आँखाबाट प्रतिस्पर्धा देखेका छन् ।

    ‘मलाइ लाग्छ, जर्मनीको लागि पनि यो सबैभन्दा ठूलो खेल हो’, उनी सिएनएनसँग भन्छन् । ‘इङ्ल्यान्डविरुद्ध जर्मनीको चार्म बाँकी सबै भन्दामाथि छ । फुटबल परिदृष्यमा जर्मनीका लागि अरू ठूल्ठूला खेलहरू होलान् । तर, पृष्ठभूमि, इतिहास र अर्थको आधारमा ती सबै खेल भन्दा इङ्ल्यान्डविरुद्धको भिडन्त नै ठूलो हुन्छ । इङ्ल्यान्ड फुटबलको घर हो । वेम्ब्ली फुटबलको घर हो । त्यसैले यो जर्मनीका लागि विशेष छ । यति भनिरहँदा पनि उनीहरू(जर्मन)मध्ये धेरैलाई सधैंझैँ जितिन्छ भन्ने लागेको हुनसक्छ ।’

    विश्व फुटबललाई नै परिवर्तन गर्ने त्यो खेल

    सन् २०१० मा जर्मनीसँग भएको प्रतिस्पर्धा इङ्ल्यान्ड समर्थकहरू सम्झन चाहँदैनन् । दक्षिण अफ्रिकाको ब्लोइमफोन्टेनमा भएको प्रतिस्पर्धामा जर्मनीले इङ्ल्यान्डलाई ४-१ गोलको नतिजामा हराएको थियो । त्यसको नजिताको बाबजुद त्यो दिनको खेलका गतिविधिहरूले फुटबललाई सधैंका लागि परिवर्नत गर्‍यो ।


    फ्रांक लाम्पार्डको ‘घोस्ट गोल’को त्यो खेल सधैं सम्झना भइरहेनेछ । जुन गोल विश्व फुटबलमा गोललाइन प्रविधि भित्र्याउनु पर्ने कारण बन्यो ।

    २-१ गोलको नतिजा जारी खेलको मध्यपंक्तिका इङ्लिस खेलाडी लाम्पार्डले जर्मन गोलकिपर मानुएल नोएरको गोलपोस्टमा छिराएर बराबर गरेको सोचे । क्रसबार र गोल लाइनबाट पार भएर बल फर्किए पनि त्यो दिनका म्याच अफिसियलहरूले देखेनन् । र, गोलले मान्यता पाएन ।

    यसले इङ्ल्यान्डमा व्यापक आक्रोश पैदा गर्‍यो । फुटबलको नियामक निकायलाई माफी मगाउन र फुटबलमा नयाँ प्रविधि भित्राउन माग भयो ।

    र, अर्को संस्करणको फिफा विश्वकप २०१४ बाट गोललाइन प्रविधिको प्रयोग भयो । त्यसपछिको २०१८ को संस्करणमा त भिडियो असिस्टेन्ट रेफ्रि (भार)को पूरा प्रचलन आयो । ‘यसले खेलमा राम्रो परिवर्तन ल्यायो’, लाम्पार्डले भनेका थिए, ‘यस बारेमा म खुशी छु । गोललाइन प्रविधि समग्र खेलका लागि सकरात्मक कदम भएको छ ।’

    पेनाल्टी पीडा

    जर्मनीसँगको प्रतिस्पर्धामा इङ्ल्यान्डलाई सधैं ध्वंश र अन्धकार मात्रै छैन । डेभिड बेक्याम, स्टेभेन जेरार्ड र माइकल ओवेनले नेतृत्व गरेको इङ्ल्यान्डले सन् २००१ को विश्वकप छनौट खेलमा जर्मनीलाई ५-१ अन्तरले हराएको थियो । सन् १९६६ मा इङ्ल्यान्डले जितको पहिलो र एक्लो विश्वकप फाइनलमा पनि जर्मनीलाई नै हराएको थियो ।

    त्यो खेलमा पनि एक गोल विवादास्पद बन्यो । एलन बलले दिएको क्रसमा जेफ हर्ट्सले बल नियन्त्रण गरे । गोलकिपरलाई बिट गर्दै बल माथि हाने । बल क्रमबारमा ठोक्किएर हुत्तिँदै भुइँमा बजारियो । यसले लाइन पार गरेको भनेर भन्न असम्भव बनायो ।

    दुवैतर्फबाट हात उठे । केही मिनेटको समय तनावग्रस्त बन्यो । अजरबैजानका लाइन्सम्यान तोफिक बाक्रामोभले सुरुमा गोलको मान्यता दिएनन् । पछि रेफ्रीसँग सल्लाह गरेर गोलको मान्यता दिए । त्यपछि ३-२ को गोल नतिजा भयो । पछि इङ्ल्यान्डले ४-२ अन्तरले उपाधि जित्यो । त्यो नै अहिलेसम्मको इङ्ल्यान्डले जितको एक्लो विश्वकप उपाधि हो ।

    त्यसपछिका इङ्ल्यान्डका सफलता थोरै र धेरै अन्तरालका बीचमा मात्रै भएका छन् । इङ्ल्यान्डले अधिकांश हृदयघात हुने खालका प्रतिस्पर्धाहरू पेनाल्टीमै भोगेको छ ।

    सन् १९९० को विश्वकप र १९९६ को युरो दुवैको. सेमिफाइनलबाट पेनाल्टीमै जर्मनीसँग हारेर इङ्ल्यान्ड बाहिरिएको थियो ।

    सन् १९९० मा इङ्ल्यान्ड पाउल ग्यासकोइ आँशु खसालेर बाहिरिएका थिए । पहेलो कार्ड पाएर बाहिरिएका उनी फाइनमा पुगेको खण्डमा खेल्न वञ्चित हुने सम्झिएर रोएका थिए ।

    एउटा उक्ति छ: २२ जनाले एउटा बलको पछि ९० मिनेटसम्म कुद्छन् । अन्तिम सधैं जर्मनीले जित्छ ।

    अहिलेका इङ्ल्यान्ड टोलीका मुख्य प्रशिक्षक गेराथ साउथगेटले वेम्ब्लीमा भएको १९९६ को निर्णायक पेनाल्टी मिस गरेका थिए । इङ्ल्यान्ड समर्थकहरू मंगरबारको खेलमा त्यो अवस्था नआओस् भनेर प्रार्थाना गरिरहेका हुनेछन् ।

    ‘जर्मनीका सथर्मकहरूको एउटा कुख्यात चुट्किला छ । पेनाल्टी हान्नमा इङ्ल्यान्डका खेलाडीहरू धेरै खराब छन्,’ दाइक्स भन्छन् ।

    ‘मेलै एक समाचार शीर्षक हेरेको थिए जहाँ लेखिएको थियो इङ्ल्यान्डले जर्मनीलाई जित्नसक्छ तर, पेनाल्टीमा होइन । यो अहिलेको क्षणमा आएको कुरा यहि हो । साँचो भएर भन्दा दुवै टोलीले राम्रोसँग खेलिरहेका छैनन् । र, त्यो उनीहरूको मानसिकता भएको हुनसक्छ । जहाँ जर्मनीलाई केही फाइदा हुन सक्छ ।’

    वेम्ब्लीको जादु

    कोभिड-१९ को प्रतिबन्धका बीच ४० हजार समर्थकहरूले प्रत्यक्ष खेल हेर्नेछन् । र, दाइक्स वेम्ब्ली जर्मनी र इङ्ल्यान्ड दुवैका समर्थकहरूका लागि जादुमयी स्थान भएको बताउँछन् ।

    ‘मैत्रीपूर्ण खेलमासमेत वेम्ब्लीमा जित निकाल्नु धेरै ठूलो कुरा हो । कोभिड निषेधका कारण त्यहाँ धेरै जर्मनी सथर्मकहरू नहुनु दु:खद् कुरा हो । जर्मनी फुटबल समर्थकहरूका लागि वेम्ब्ली उत्कृष्ट ठाँउ हो’, उनी भन्छन् ।

    अझै पनि राजनीतिक विगत र दुई वटा विश्वयुद्धको कुरा कोट्याएर अस्वस्थ्य तुलना गर्नेहरू छन् । खासगरी अंग्रेजी ट्याब्लोइड अखबारबाट यस्तो हुन्छ ।

    तर, अधिकांशले यो जस्तो वास्तविकता हो, त्यसरी नै हेर्छन् । अरू कुनै फुटबलसँग तुलना नहुने इतिहास भएका प्रतिभाशाली खेलाडीहरूले भरिएका दुई फुटबल शक्तिको रूपमा हेर्छन् ।

    ‘हामी खेलाडीको रूपमा धेरै इतिहासको बारेमा सोच्दैनौं । यो यहाँको र अहिलेको सवाल हो । जमर्नी कुन पक्षमा बलियो छ कुन पक्षमा हामीले फाइदा लिएर उनीहरूलाई तनाव दिन सक्छौँ हामी त्यो सोच्छौं’, इङ्ल्यान्डका खेलाडी जोर्डन ह्यान्डरसनले पत्रकारहरुलाई बताएका छन् ।

    इङ्ल्यान्डले युरो २०२० को प्रि-क्‍वार्टरफाइनलमा मंगलबार राति ९:४५ बजे वेम्ब्लीमा जर्मनीको सामना गर्दैछ ।

    बुधबार, असार १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद २०२६: पदक तालिकामा चीनको अग्रता कायमै
    साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने
    स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अष्ट्रेलियाली प्यारालम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोको २८ वर्षको उमेरमा निधन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.