काठमाडौं – मंगलबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा उरुग्वेले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा उरुग्वेका इडिन्सन गोल गरी टिमलाई जित दिलाए । उनले खेलको २१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । उनको गोल नै निर्णायक बन्यो ।
जितसँगै उरुग्वेले समूह चरणका ४ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । यस्तै पराजित भएको पाराग्वे ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
