चितवन । चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० बाइपास रोडमा आज बिहान ट्रकले एक पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
बिराटनगरबाट काठमाडौं जादै गरेको ना ६ ख ४९२३ नम्बरको ट्रकले ठक्कर दिदा भरतपुर महानगरपालिका १२ बस्ने ७६ वर्षिय बसन्त बहादुर लिम्बु गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा बिहान ७:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
