काठमाडौं – ५ विद्यार्थी संगठनहरुले आज काठमाडौंको नयाँ बानेश्वरमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरुले प्रतिनिधिसभा विघटनविरुद्ध आज विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थी संगठनले नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन पनि गरेका छन् ।
नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं) लगायतले संयुक्त रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

