काठमाडौं । विपक्षी गठबन्धन अन्तर्गतका पाँच विद्यार्थी संगठनले प्रतिगमन र पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रदर्शन गरेका छन् । आइतबार पाँच विद्यार्थी संगठनले सयुँक्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा शंख फुकेर विरोध प्रदर्शन गरेका हुन् ।
यस्तै आइतबार नै नेपाल आयाल निगम विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । गएको मंगलबार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । पेट्रोलियम पदार्थको मूल्य बढेपछि विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रेका थिए ।
निगमले एक विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनलाई वार्तामा बोलाएको हो । वार्ताको लागी निगमले सोमबार दिउँसो १ बजेका लागि आफ्नै केन्द्रीय कार्यालय बबरमहलमा बोलाएको छ ।
गएको मंगलबार निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन लिटरमा दुई दुई रुपैयाँले बढाएको हो भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।

