काठमाडौं राष्ट्रिय युवा संघले आइतबार नयाँबानेश्वरमा प्रदर्शन गरेको छ । सरकारविरुद्ध घेराबन्दीको विरोध गर्दै राष्ट्रिय युवा संघले सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शमा उत्रेका युवा संघका नेता कार्यकर्ताहरुले निधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो टाँसेर नारा लगाए । धेरैजसो सबैको निधारमा ओलीको तस्बिर अंकित स्टिकर देखियो । सबैले आई लभ यु केपी बा भन्दै नारा लगाए । तस्बिर – रासस





