काठमाडौं । संघीय संसदमा माथिल्लो सदन राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्यहरुले पनि सरकारको नेतृत्व लिन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद वामदेव गौतमले राष्ट्रिय सभा सदस्यहरुले पनि सरकारको नेतृत्व लिन पाउने व्यवस्था गर्नुपर्ने मौखिक प्रस्ताव गरेका हुन् ।
संघीय संसदको अभिन्न अङ्गको रुपमा रहेको राष्ट्रिय सभा सदस्यहरु पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका उनले राष्ट्रिय सभा र प्रतिनिधिसभाबीच विभेद भएको बताए ।
अध्यादेशबाट जारी गरिएको आर्थिक वर्ष २०७८/०७९को बजेट राष्ट्रिय सभाको बैठकमा प्रस्तुत गर्न अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेका गौतमले बजेटमाथि आफूहरुले छलफल गर्न पाउनुपर्ने बताए ।
साथै एमाले एकताको खबर सर्वाेच्च अदालतको फैसलापछि मात्रै आउने उनको भनाइ छ ।
