काठमाडौं – अष्ट्रेलियाकी आश्ले बार्टीले विम्ब्ल्डन टेनिसको उपाधि जितेकी छिन् । उनले करोलिना लिस्कोभालाई पराजित गर्दै अष्ट्रेलियाका लागि पहिलो महिलाको रुपमा उपाधि जिताएकी हुन् ।
अष्ट्रेलियाको तर्फबाट महिलातर्फ पहहिलोपटक उनले उपाधि दिलाएकी छिन् । ४१ बर्षिय आश्लेले ६–३ ६–७(४–७) ६–३ को सेटमा लिस्कोभालाई पराजित गरेकी हुन् । यसअघि उनले सन् २०१९ मा फ्रेञ्च ओपन जितेकी थइन् ।
