• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कोरोना महामारीले दर्जनौँ फिल्म हल बन्द


  •   सोमबार, असार २८, २०७८ मा प्रकाशित
  • काठमाडौँ — अघिल्लो लकडाउनमा खर्च धान्नै नसकेपछि क्यूएफएक्स चेनअन्तर्गतको जय नेपाल हल सदाका लागि बन्द भयो । क्यूएफएक्सकै व्यवस्थापनमा चलेको कुमारी हल पनि बन्द हुने संघारमा छ ।

    Advertisement

    ३७ वर्षे लामो इतिहास बोकेको कुमारी हल पनि सँधैका लागि बन्द भएको समाचार प्रकाशित भएका छन् । तर यस विषयमा आधिकारिक निर्णयमा नपुगिएको हल मालिक रवीन्द्र बज्रचार्य बताउँछन् । हल बन्द हुने/नहुनेमा भविष्यको योजनाबारे छलफल बाँकी रहेको उनको भनाइ छ ।अहिले देशभर करिब १९३ हल सञ्चालनमा छन् । कोरोना महामारीको असरबाट यो क्षेत्र अछुत रहेन । हलहरु महिनौं बन्द भए । व्यापार ठप्प हुँदा धेरै हल सधैंका लागि बन्द हुने अवस्थामा पुगेका छन् ।

    क्यूएफएक्स अध्यक्ष नकिम उद्दीन जय नेपाल र कुमारीको फ्रेन्चाइजले घाटा व्यहोर्न थालेपछि हल बन्द गर्ने निर्णय लिएको बताउँछन् । ‘हलहरु खुलेका छैनन् । एक्लै उभिएको हल(स्ट्यान्ड अलोन-सिंगल थिएटर)को भविष्य छैन भन्ने धेरै अगाडि नै थाहा भइसकेको थियो । लकडाउनअघि देखि नै कुमारी र जय नेपालले हामीलाई घाटा भइरहेको थियो । तर अलिअलि घाटा भएकाले बन्द गर्ने सोचेका थिएनौं,’उद्दीनले भने,’हल खुल्दा ४०/५० कर्मचारीले काम पाउँछन्, त्यति घाटा धानेरै बस्यौं । तर यो कोरोनाले त्यो पनि धान्न नसकिने भयौं । डेढ वर्ष यता निकै नै घाटा व्यहोर्नुपर्योा । व्यापारलाई मिलाएर लानु पर्योे भनेर केही अगाडि जय नेपाल र अहिले कुमारी हल बन्द गर्ने निर्णय गर्यौंर ।’

    क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाको कुरा पनि उस्तै छ । ‘कुमारी बन्द भएको डेढ वर्ष भइसकेको थियो । हल बन्द हुँदा २० भन्दा बढी कर्मचारी बेरोजगार भए,’अडिगा बताउँछन्,’आजकल मलहरुमा हल खुल्न थाले । ती हल स्ट्यान्ड अलोनभन्दा धेरै चल्न थाल्यो । कुमारी र जय नेपालको व्यापार विस्तारै घट्दै गएको थियो । त्यसैले क्यूएफएक्सले हात झिक्यो ।’

    सन् २००१ मा जय नेपाल र २००४ मा कुमारीलाई क्यूएफएक्सले लिएको थियो । १६ वर्षपछि क्यूएफएक्सले कुमारीसँगको फ्रेन्चाइज हटाएको हो । ‘ठूलो जग्गामा बनेको हलहरुको भाडा पनि धेरै हुन्छ । कुमारी भाडाको हल हो । बन्दको बेलामा भाडा कसरी तिर्नु?अहिले त कमाइ छैन । तर व्यापारको हिसाबले थोरै ठाउँमै बनेको हलहरुको कमाइ बढी हुन्छ । अहिलेको अवस्थामा धेरै ठाउँ ओगटेको हल धान्न गाह्रो छ । फिल्म क्षेत्र पुरानै लयमा फर्कँदा अन्य हल बन्द हुन सक्ने सम्भावना छ,’अडिगाले भने ।

    कुमारीले फेस्टिभल, च्यारिटी सो, प्रिमियर कार्यक्रमलाई हल भाडामा दिएर पनि आम्दानी गरिरहेको थियो । तर कोरोना महामारीले लामो समय हल बन्द भयो । आम्दानी शून्य बनायो, खर्च घटेन ।

    दर्जनौँ हल सधैँका लागि बन्द हुँदै

    लकडाउनमै बन्द भएको अर्को हल हो, ‘गंगा’ । २०५० सालमा स्थापना भएको यो हल कोभिड महामारीकै कारण सदाका लागि बन्द भएको सञ्चालक मदनमान बज्राचार्य बताउँछन् । ‘अब कोभिडले गर्दा हल चल्ने वातावरण बनेन । त्यसैले हल बन्द गर्‍यौँ,’उनले भने । गंगाको २ पर्दामा फिल्म देखाइन्थ्यो ।

    जय नेपाल र कुमारी जोड्दा लकडाउनमै ६ हल खर्च धान्नै नसकेर बन्द भएको देखिन्छ । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान कोभिडकै कारण अन्य हलहरु पनि सदाका लागि बन्द हुने अवस्थामा पुगेको बताउँछन् । सरकारले फिल्म उद्योग उठाउनलाई छुट्टै किसिमको राहत नल्याए यो सूचीमा हल थपिँदै जाने उनको धारणा छ ।

    संघका अनुसार झापाका दमक चलचित्र मन्दिर, कृष्ण चलचित्र मन्दिर, बुधबारेको हल, मोरङका सुकुना चलचित्र मन्दिर, बेलबारीमा रहेको शारदा चलचित्र मन्दिर, धनुषाको लवकुश चलचित्र मन्दिर, जनकपुरको रामजानकी पिक्चर्स, चितवनको टाँडीस्थित नारायणी चित्र मन्दिर सदाका लागि बन्द हुँदैछन् । साथै दमौलीको उत्तरोशिला चलचित्र मन्दिर, पाल्पाको सन्तोष चलचित्र मन्दिर,बागलुङको कालीगण्डकी मन्दिर, दाङको सत्यसाई चलचित्र, विष्णु चलचित्र मन्दिरसँगै रुपन्देहीको पद्मश्री चलचित्र मन्दिर, कुस्माको सिद्धेश्वर चलचित्र मन्दिर, धनकुटाको केडीभी सिनेमा हल पनि बन्द हुने अवस्थामा पुगेका छन् ।

    निर्माता तथा निर्देशक अशोक शर्मा कोभिडकै कारण नेपालभर २२ओटा हल सदाका लागि बन्द भएको दाबी गर्छन् । ‘अहिले करिब २२/२३ हल सदाका लागि बन्द भएका छन् । काठमाडौंमा करिब १० ओटा हल बन्द भए । काठमाडौंमा अझै २/४ वटा हलहरु बन्द हुने सम्भावना छन् । भक्तपुरको वाराही हल पनि करिब बन्द हुने अवस्थामा छ,’उनले भने ।

    कोभिड महामारीको प्रवेशसँगै नेपालमा हल बन्द भए। बीचमा हल खुले पनि पुरानै लयमा फर्किन नपाउँदै फेरि बन्द गर्नुपर्यो । बन्द भए पनि सञ्चामलकले हल भाडा र बिजुलीको डिमान्ड शुल्क तिर्नैपर्छ । प्रयोग नै नगरेको डिमान्ड शुल्कले बन्द हलको खर्च बढेको बढ्यै छ । सरकारले हल सञ्चानलकका यी समस्या सम्बोधन हुने नीति नबनाए अन्य जय नेपाल र गंगा हलकै अवस्थामा परिणत हुने अशोकको भनाई छ ।

    ‘विद्युत डिमान्ड शुल्क हलले तिर्नुपर्छ । यसमा हामीले सरकारसँग छुट मागेका थियौं । तर सरकारले निषेधाज्ञा अवधिको मात्र डिमान्ड शुल्कमा छुट दिने बताएको छ । निषेधाज्ञा भएको त २ महिना बढी त भयो । लकडाउन अवधिभरकै डिमान्ड शुल्कमा छुट दिए ठूलो राहत हुन्थ्यो,’अशोकले भने ।

    कोभिडअघि बनेका ३५ ओटा फिल्म प्रदर्शनका लागि तयार छन् । प्रदर्शनको तयारीमा रहेका ती फिल्मको लगानीको ५० प्रतिशत अनुदान सरकारले दिए निर्मातालाई राहत हुने अशोकको भनाई छ । कोभिडका कारण घाटामा रहेका हललाई पनि ५० प्रतिशत अनुदान दिने हो भने स्थिति सामान्य भइसकेपछि हल खोल्न सहयोग हुने अशोकले बताए ।

    अशोक फिल्म क्षेत्रका लागि सरकारले दीर्घकालीन नीति ल्याउनुपर्ने धारणा राख्छन् । ‘सरकारले सुविधासम्पन्न फिल्म स्टुडियो निर्माण गरिदिनुपर्छ । फिल्म र हल निर्माणमा ऋण दिन्छ, त्यसको साटो प्रोजेक्ट ऋण दिनुपर्छ भन्ने हाम्रो माग हो । १० वर्ष फिल्म क्षेत्रलाई करमुक्त क्षेत्रको रुपमा राख्नुपर्छ । सरकारले यो व्यवस्था गरिदिने हो भने अर्को हल बन्द हुन्थेनन्,’उनले तर्क गरे,’यो नीति ल्याउने हो भने फिल्म क्षेत्रलाई जोगाउन सकिन्थ्यो ।’

    सदाका लागि धमाधम बन्द भइरहेको हलले डरलाग्दो अवस्थाको सिर्जना गरिदिएको फिल्म वितरक भाष्कर ढुङ्गाना बताउँछन् । ‘डरलाग्दो छ । अन्यौल छ । अवस्था पुरानै अवस्थामा फर्केर आउला भन्ने त छ तर सरकारबाट कुनै सहयोग पाएको छैनौं । आफै टिक्न सक्यो भने टिक्यो नत्र बन्द हुने अवस्थामा छन् हल । सरकारलाई हल बन्द हुँदा पनि वास्तै छैन । यो त निराशाजनक नै भयो,’उनले सुनाए ।

    मल्टिप्लेक्समा परिणत हुँदै हल

    लकडाउनमै गोपीकृष्ण मुभिजको मीरा र राधा हल बन्द भयो । ‘गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स’ (जीकेसीसी) का लागि यी हल भत्काइएको हो । जीकेसीसीमा राधा र मीरालाई मल्टिप्लेक्सको सुविधासम्पन्न हलको रुपमा निर्माण गरिने गोपीकृष्णका निरक पौडेल बताउँछन् । उनी यो परियोजनाका प्रबन्ध निर्देशक हुन् । स्थापनाको २५ औं वर्षमा निरकले हललाई मल्टिप्लेक्समा परिणत गर्ने सोचेका हुन् । अहिले गोपीकृष्णको पुरानो संरचना भत्काएर त्यसमा कम्प्लेक्स बन्दैछ ।

    मल्टिप्लेक्सकै कारण गोपीकृष्णको दर्शक बाँडिए । त्यसैले उनीहरु राधा र मीरालाई मल्टिप्लेक्सको सुविधामा बनाउन लागेका हुन् । ‘बजारमा मल्टिप्लेक्स हलहरूको निर्माणसँगै दर्शकहरू बाँडिए । गोपीकृष्ण मध्यम र निम्नवर्गीय दर्शकको रोजाइमा पर्यो् । मल्टिप्लेक्स बन्नुअगाडि आर्थिक हिसाबले सम्पन्न दर्शकहरू पनि यहीँ आउँथे । मल्टिप्लेक्सको विकाससँगै ती दर्शक आउन कम भयो,’ निरकले भने, ‘हाम्रा १५ प्रतिशतजति दर्शक मल्टिप्लेक्सतिर जानुभयो ।’

    ५० वर्षभन्दा लामो इतिहास बोकेको विश्वज्योति २ वर्षअघि भत्काइयो । पुरानो विश्वज्योतिमा अहिले अर्कै नयाँ संरचना खडा भएको छ । हल नजिकैको विश्वज्योति मलमा २ पर्दाको नयाँ हल मल्टिप्लेक्सको रुपमा बनिसकेको छ । हल बन्न २ वर्ष लाग्यो । मल्टिप्लेक्सको विकाससँगै विश्वज्योतिका १२ सय दर्शक क्षमताका हल खाली हुन थालेपछि व्यापार खस्कियो । त्यसपछि मोहन सर्राफका दुई छोरा रोहन र युवराजले हललाई मल्टिप्लेक्समा परिणत गर्ने सोचेका हुन् । ‘चलाउन एकदमै गाह्रो थियो हल । कर्मचारीदेखि बिजुली खर्च उठ्थ्यो । धेरै दर्शक बालकोनीमै बस्ने । तलका कुर्सीहरु खाली हुन्थे । ती कुर्सीहरु हामीले छोपेरै राखिदिन्थ्यौं । व्यापार घाटामै जान्थ्यो । अनि हल भत्काएर नयाँ हल बनायौं,’मोहनले भने ।

    विश्वज्योति मलमा तयार भएको मल्टिप्लेक्स हल उद्घाटन गर्ने बेलामै लकडाउन भयो । त्यसयता मोहनको टिम हलको अन्तिम काममा लागेका छन् । अब अवस्था सामान्य हुनासाथ हलको ओपनिङ गर्ने उनको योजना छ । ‘कुर्सी र साउन्ड सिस्टमहरु सबै मगाइसकेका थियौं । त्यो राख्नलाई साउन्ड इन्जिनियर बैंग्लोरबाट आउनुपर्ने, लकडाउनले आउन पाएन । फल सिलिङ र बत्तीको काम अलिअलि बाँकी छ । लगभग सबै तयार भइसकेको छ,’ उनले भने । एकतातिर कोभिडकै कारण केही हल सदाका लागि बन्द भयो । अर्कोतिर लामो इतिहास बोकेको विश्वज्योति, गोपीकृष्ण हल भत्किएर नयाँ संरचनामा तयार हुँदा एक्लै उभिएको हलहरुको आयु सकिएको संकेत गर्छ ।

    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.