चितवन। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पूर्वी चितवनमा बाढी र पहिरोले क्षती पुर्याएको क्षेत्रको निरीक्षण गरेका छन् । मुख्यमन्त्री पौडेलसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आन्तरीक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले पूर्वी चितवनको कालिका नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा बाढी र पहिरोले क्षती पुर्याएको क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्री सहितको टोलीले कालिका नगरपालिका सिद्धी,कयर खोला पुलको एकतर्फ भत्किएको संरचनाको निरीक्षण गरेका थिए । बाढी र पहिरोले पुर्याएको क्षतीको बारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठले सिद्धीका २७ घर पूर्ण रुपमा क्षती भएको,सयौं विगाहा खेतीयोग्य जमिन कटान तथा डुवानमा परेको वताए । प्रभावित क्षेत्रको निरीक्षण पछि मुख्यमन्त्री पौडेलले तत्काललाई अवरोध रहेको स्थानको बाटो खुलाउन र पहिरोले पुरिएको घरहरु मर्मत गरि वस्न योग्य वनाउनु पर्ने भन्दै प्रदेश सरकारले त्यसका लागि वजेट पठाउने वताए ।
आफ्नो क्षेत्रका बाढीपीडितलाई मुख्यमन्त्रीले चासो दिएको भन्दै राष्ट्रिय युवा संघ कालिकाका युवाहरुले मुख्यमन्त्री पौडेललाइ धन्यवाद दिएका थिए उनिहरुले राष्ट्रिय युवा संघ कालिकाले बाढी पीडितलाई सहयोग हस्तान्तरण गरेको समेत बताए। युवाहरुले मुख्यमन्त्रीलाई स्काटिङ गरेर उक्त क्षेत्रमा पुर्याएका थिए।
मुख्यमन्त्री पौडेल द्वारा पुर्वी चितवनको बाढी प्रभावित क्षेत्र निरीक्षण
मुख्यमन्त्री पौडेल द्वारा पुर्वी चितवनको बाढी प्रभावित क्षेत्र निरीक्षण
तपाईको प्रतिक्रिया
