काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फर्किएका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।
नवनियुक्त प्रधानमन्त्री देउवाले मंगलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरेपछि बुधबार निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छोडेका हुन् ।
उनलाई पार्टी निकट सङ्गठन र उनका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीलाई गाडी र बाइकले स्कटिङ गर्दै भक्तपुरको कौशलटार देखि प्रधानमन्त्री निवास बालकोटसम्म नागरिक अभिनन्दन सहित लगिएको थियो ।
