काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक नेपालीले नि:शुल्क रुपमा अब कोरोनाको खोप पाउने बताएका छन् । बिहिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले सबै नेपालीलाई नि:शुल्क खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले आफू कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । प्रधानमन्त्रीले देउवाले हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुने पनि बताएका छन् ।
उनले आफु ५ पटक प्रधानमन्त्री बनेको संकेत दिदै ५ वटा औला पनि देखाएका छन् । काँग्रेस सभापति देउवा गएको मंगलबार प्रधानमन्त्री बनेका थिए । अहिले सानो आकारको मन्त्रिमण्डल बनाएका उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् ।
