काठमाडौं – विश्व चर्चित फुटबल खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी बार्सिलोना क्लबमा नै बस्ने भएका छन् । बार्सिलोनाबाट राम्रो प्रदर्शन गर्दै टिमलाई उपाधि दिलाउदै आइरहेका मेस्सी क्लबसँगको सम्झौता जुन ३० मा नै सकिए पनि केही समय नबोलि बसेका थिए ।

अब भने उनी बार्सिलोनामै बस्ने पक्का भएको छ । उनले अब बार्सिलोनासँग थप पाँच वर्षको नयाँ सम्झौता गर्ने भएका छन् । उनको क्लबसँग मौखिक सम्झौता भएको बताइएको छ ।

उनको पारिश्रमिक ५० प्रतिशत कटौती हुने बताइएको छ ।उनी पहिलेको भन्दा आधा तलबमा सन् २०२६ को अन्त्यसम्म बार्सिलोनाबाट खेल्न सहमत भएको बताइएको छ ।

बार्सिलोनाका लागि खेल्दै आएका उनले हालसम्म ६७२ गोल गरेका छन् । यस्तै उनले १० ला लिगा, ४ च्याम्पियन्स लीग र ७ कोपा डेल रेज जिताएका छन्। केही समय अघि इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले मेस्सीलाई भित्राउन खोजेको चर्चा चलेको थियो ।

