काठमाडौं । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले दुई वटा आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
आज बसेको बैठकले दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
