काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुबीच भेटवार्ता भएको छ ।
हालै प्रधानमन्त्रीबाट बाहिरिएका ओलीलाई भेट गर्न शनिवार जसपाका अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु बालकोट पुगेका हुन् । उनीहरुबीच आगामी संसद अधिवेशन लगायतका विभिन्न बिषयमा छलफल भएको बताइएको छ ।
जसपाका नेता भण्डारीले आफुहरुको ओलीसँग शिष्टाचार भेट मात्र भएको बताए । उनका अनुसार उक्त भेटवार्तामा ओलीले प्रधामन्त्रीबाट बाहिरिएपछि आफूलाई आनन्द महशुस भएको बताए ।
जसपाका नेताहरुकासँगको भेटमा ओलीले भने – ‘प्रधानमन्त्रीबाट बाहिरिएपछि ठिकै भयो,आनन्द भयो, रेष्ट अनि रिल्याक्सपनि भयो’
