काठमाडौं – प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रका दुई जना सांसद थपिएका छन् । नयाँ मन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह र सचेतक रुबी कर्णले शनिवार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहले प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)बाट पद तथा गोपनीयताको सपथ लिएका छन् । यस्तै आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाएकी कर्णले मुख्यमन्त्री लालबाबु राउतसँग सपथ लिएकी छिन् ।
जसपाका उपेन्द्र यादव पक्षका मन्त्री आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएपछि माओवादी केन्द्रका दुई सांसदलाई सरकारमा सहभागी गराइएको हो ।
