काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अहिले विवादमा फसिरहेको छ। दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच कुरा नमिल्दा जसपा नफुटे पनि एकताबद्ध समेत हुन सकेको छैन ।
अहिले दुवै पक्षले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरिरहेका छन् । यसैबीच शनिवार बसेको अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले जसपाको आधिकारिकता आफूहरूले पाउने निष्कर्ष निकालेको छ।
आज दिउँसो ३ बजेदेखि बसेको यस बैठक साझँ मात्र सकिएको छ । उक्त बैठकमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने बिषयमा छलफल भएको बतायएको छ ।
२० जना सदस्य मात्र रहेको ठाकुर पक्षमा ३० जना सहभागी भएका थिए । बैठकमा सबैले पार्टीलाई कसरी बलियो बनाउनुपर्ने धारणा राखे ।
