• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माधव पक्षले देउवालाई विश्वासको मत दिने निश्चित, सरकारमा सहभागिता अनिश्चित


  •   आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ । तर एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन भने कानूनी र नैतिक रुपमा नमिल्ने भएकाले नेपाल पक्षको सत्तारोहण अनिश्चित छ ।

    Advertisement

    सत्तारुढ गठबन्धन शीर्ष नेताबीचको छलफलमा माधव पक्षलाई सरकारमा सहभागिताको लागि आग्रह गरिएको छ । गठबन्धनको बैठकमा नगएका नेपाललाई भेटेरै माओवादी अध्यक्ष प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।गठबन्धनको बिहीवारको बैठकमा भने माधव नेपालको तर्फबाट एमाले पोलिटव्युरो सदस्य डा. विजय पौडेलमात्र सहभागी भएका थिए ।

    यसअघि गठबन्धन बैठकमा भाग लिने गरेका डा. भीम रावल कार्यदलमा १० बुँदे सहमतिपछि सहभागी हुन छाडेका छन् । उनले एमाले एकताको प्रक्रिया अघि बढेकाले अब एमालेविरोधी गठबन्धनमा रहन नमिल्ने बताएका छन् ।

    देउवालाई विश्वासको मत दिन माधव नेपाल तयार भइसकेका छन् । बुधवार आफ्नै निवास कोटेश्वरमा भेट्न गएका देउवालाई नेपालले संसद जोगाउन आफूहरु अदालत गएको भन्दै विश्वासको मत दिएर प्रतिनिधिसभालाई पूरै अवधि जोगाउने बताएका थिए । देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल समूहमा एकमत छैन् । भीम रावल लगायत कार्यदलमा रहेका नेताहरुले दश बुँदे सहमति अनुसार पार्टीमा संस्थागत निर्णय गरेरमात्र विश्वासको मत दिने वा नदिने टुंगो लगाइनुपर्ने बताएका छन् ।

    तर नेपाल पक्षका धेरैजसो सांसदहरुले जुन उद्देश्यले अदालतमा गएको हो त्यो पूरा गर्नका लागि विश्वासको मत दिनुपर्ने नैतिक बाध्यता रहेको बताएका छन् । सकेसम्म एमालेले संस्थागत निर्णय गरेरै विश्वासको मत दिनुपर्ने, नत्र देउवालाई समर्थन गरेर अदालतमा गएकाहरुलेमात्रै भने पनि दिनुपर्ने उनीहरुको भनाइ छ ।

    एमाले केन्द्रीय सदस्य तथा सांंसद मेटमणी चौधरीले भने- हामीले विश्वासको मत दिन्छौं । संसद जोगाउनका लागि बाध्यता हो । केपी ओलीले के गर्छन् भन्ने अलग कुरा हो तर अदालतले नै विश्वासको मत दिए वापत कारवाही हुँदैन भनिसकेको छ । सरकारमा सहभागी पनि हुनुपर्छ ।

    माधव नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले एमालेका २३ जना सांसदले संसद, लोकतन्त्र र संविधान जोगाउन अदालतमा रिट दायर गरेको र मुद्दा जितेकाले विश्वासको मत दिनुपर्ने बताए । तर एमाले पार्टीभित्रै रहेर सरकारमा सहभागिता जनाउन भने नैतिक र राजनीतिक रुपमा नमिल्ने उनको तर्क छ ।

    खतिवडाले भने- विश्वासको मत दिनुपर्छ र दिन्छौं । तर सरकारमा सहभागी हुन चाहिँ अर्को दल बनाउने वा एमालेले संस्थागत निर्णय गरेर हुनसक्छ । व्यक्तिगत रुपमा सरकारमा सहभागी हुँदा राम्रो सन्देश जाँदैन । ओलीजीले एमाले मिलाउनु भएन भने त्यसपछिको कुरा अरु हुन्छ ।

    स्थायी कमिटीका माधव पक्षका धेरैजसो नेताहरुले भने दश बुँदै सहमतिमा टेकेर अब एमाले एकतामा जोड दिनुपर्ने बताएका छन् । अष्टलक्ष्मी शाक्यसहितका नेताहरु समेत अब माधव नेपालले विपक्षी गठबन्धनमा आफू जाने वा आफ्नो सहभागी पठाउने प्रक्रिया रोक्नुपर्ने बताएका छन् ।

    देउवालाई माधव नेपाल पक्षका सबैजना सांसदले विश्वासको मत नदिए पनि कम्तिमा १३ जना भए पुग्छ । यसबीचमा जसपाका महन्थ पक्षका केही सांसद उपेन्द्र यादव पक्षमा लागेका छन् । त्यस्तो अवस्थामा त्यो भन्दा थोरै संख्या भए पनि पुग्छ ।

    माधव नेपाल पक्षका केही सांसद यस्ता छन्, जसले माधवले भने पनि संसद जोगाउने मूल्यमा उनको कुरा नमान्ने खालका छन् । यो संख्यामात्र देउवाको पक्षमा उभिदा पनि विश्वासको मत पाउन सक्छन् । माधव पक्षका दोस्रो तहका नेताहरु दश बुँदे सहमति कार्यन्वयन गराउन विघटित कार्यदलका ओली पक्षका नेताहरुसँग पुनः संवादमा जुटेका छन् । यद्यपी संसद जोगाउने सन्दर्भमा विश्वासको मत दिने विषयमा माधव पक्षका बहुमत सांसद एक ठाउँमा छन् ।

    एमालेले शुक्रवारको स्थायी कमिटी बैठकबाट सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ र आफ्ना सांसदलाई पनि निर्णयको पक्षमा उभिन निर्देशन दिएको छ । तर माधव नेपाल पक्षले सो निर्णय नमान्ने भएको छ । एमालेको एकता पनि भन्ने तर एमालेविरुद्धको गठबन्धन नछाड्ने अवस्थाबाट माधव नेपाल पक्ष कहिले मुक्त हुन्छ ? त्यसपछिमात्र एमाले एकता वा विभाजनको टुंगो लाग्ने देखिन्छ ।

    मन्त्रीका दाबेदार

    संकटमा माधव नेपाललाई साथ दिएका सांसदहरु आफूहरुले लडेर पुनःस्थापित भएको प्रतिनिधिसभा जोगाउन विश्वासको मत दिनुपर्ने र गठबन्धनको मुख्य घटक भएकाले सरकारमा पनि सहभागी हुनुपर्ने पक्षमा छन् ।

    यद्यपी यज्ञराज सुनुवार लगायतका केही सांसदले नेपाललाई भेटेर अब पार्टी मिलाउन आग्रह गरेका छन् । संविधान जोगाउने लडाइ अदालतले जिताएकाले अब सरकारमा सहभागिता भन्दा पनि पार्टी एकतामा जोड दिन उनीहरुले आग्रह गरेका छन् ।

    वार्ता कार्यदलमा रहेका नेताहरु पनि अब जे निर्णय गर्ने हो संस्थागत आधारमा गर्नुपर्ने पक्षमा छन् । तर नेपालसँगै निकट रहेका अधिकांश सांसदहरु भने माधव नेपालले आफ्नो रोडम्याप अनुसार नै अघि बढ्नुपर्ने बताइरहेका छन् ।गठबन्धन बलियो बनाउन सरकारमा जानुपरे त्यसका लागि तयार हुनुपर्ने मत पनि नेपाल समूहमा बलियो । माधव नेपाल पक्षलाई कम्तिमा ६ वटा मन्त्रालय र ८ जनासम्म मन्त्री र राज्यमन्त्री दिन गठबन्धनका नेताहरु तयार छन् ।

    नेपाल पक्षबाट मन्त्रीका लागि बेदुराम भुसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, झपट रावल, निरा जैरु, सरला यादव, कल्याणी खड्का, मेटमणी चौधरी, रामकुमारी झाँक्री, कृष्णलाल महर्जन लगायतको नाम सो समूहमा चर्चामा छ ।

    आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.