काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएका छन् । विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवालाई सबै सांसदलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वासको मत दिने सबैलाई देउवाले धन्यवाद दिएका हुन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका छन् ।
कूल २४९ खसेको मतमध्ये विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मत खसेको सभामुख सापकोटाले जानकारी दिए ।
विश्वासको मत पाएसँगै देउवा सरकारले निरन्तरता पाउने भएको छ । गत असार २९ गते संविधानको धारा ७६ (५)अनुसार नियुक्त प्रधानमन्त्री देउवाले छैटौँ दिनमै संसदबाट विश्वासको मत पाएका हुन् ।
