काठमाडौ – आज साउन महिनाको पहिलो सोमबार । साउनको सोमबार हिन्दू नेपाली नारीहरुका लागि बिशेष दिन मानिन्छ । यस दिन शिवालयहरुमा गई भगवान् शिव र पार्वतीको पूजा आराधना गरीन्छ । साउनको सोमबार हिन्दुधर्मालम्वीहरुले व्रत बस्ने, आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्।
व्रत बस्नु धार्मिक मात्र नभई शारिरीक स्वास्थ्यको दृष्टीबाट पनि महत्वपुर्ण मानिन्छ । हिन्दु धर्ममा हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ ।
यस्तै आज सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। बेलुकाको आरती सकिएपछि मात्र खाना खाइन्छ। कुनै पनि पुजाको अगाडी गणेशको पुजा गरिन्छ । त्यसैले गणेशको पूजा गरेपछि शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ।
साउनको महिनाको सोमबारको व्रत फलदायी मानिन्छ। सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। यस दिन अविवाहित स्त्रीले असल पति पाउँ भनि व्रत बस्ने गर्दछन् । भने विवाहित स्त्रीले पतिको स्वास्थ्यको कामना गर्दै व्रत बस्छन् ।
