• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘भरतपुरलाई कृषि मैत्री महानगर बनाउन निति र कार्यक्रम नै तर्जुमा गरि काम अगाडी बढाएको छु’ : भरतपुर महानगर प्रमुख दाहाल


  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई कृषि मैत्री महानगर बनाउन आवश्यक निती नियम र कार्यक्रम तर्जुमा गरी अगाढी बढाएको बताएकी छिन् । भरतपुर महानगरपालिकाले दुध उत्पादक किसानहरूलाई १ रूपयॉ प्रतिलिटर अनुदानलाई ३ रुपैंया प्रतिलिटर बृद्धि गरेको अवसरमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो बताएकी हुन् ।

    Advertisement

    सो अवसरमा किसानहरूको समस्यालाई मनन गरेर ३ रुपैंया नगद अनुदान दिने व्यवस्था गरेको बताउदैं उनले भरतपुर महानगर दुग्धमा प्रतिलिटर नगद अनुदान दिने स्थानिय तहमा पहिलो महानगर भएको बताईन् । महानगरले उत्पादन लागत घटाई उत्पादकत्व बृद्धि गर्न कृषिमा आधुनिककरण र यान्त्रिकीकरण गर्ने सबैलाई ५० प्रतिशत लागत अनुदान समेत दिईरहेको बताईन् । प्रमुख दाहालले धान रोप्ने आधुनिक उपकरण, बिउ उत्पादन तथा प्रशोधनका लागी आधुनिक उपकरण, आधुनिक गोठ निर्माण सुघारमा अनुदान, जमिन जोत्न ट्रयाक्टर देखी कृषि उपज ढुवानीका लागि सवारी साधन समेत प्रदान गरिएको बताईन् ।

    सिंचाईका लागि  डिप बोरिङ, स्यालो बोरिङका साथै कृषि सडक, मल बिउमा अनुदानका साथै ठूलो सिंचाई संजाल निर्माण गर्न महानगरपालिका लागिपरेको बताउदैं उनले यी सबै अनुदानहरू उत्पादकत्व र गुणस्तर बृद्धिका लागि भएकोले यसबाट अत्याधिक लाभ लिन महानगरपालिका भित्रका सम्पुर्ण किसान तथा सहकारी संस्थाहरूलाई आग्रह गरिन्। सोही कार्यक्रममा भरतपुर महानगरपालिका वडा न. १४ का वडा अध्यक्ष ओमप्रकास पोखरेलले महानगरपालिकाले राहत र अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि निर्माण नै अगाडी बढाएकाले आगामी दिनमा किसानले प्राप्त गर्ने अनुदान सोझै किसानको खातामा पुग्ने व्यवस्था मिलाउन लागिपरेको बताए ।

    उनले भरतपुर महानगरपालिकाले गुणस्तरिय उत्पादन र उत्पादकत्व बृद्धि गर्न किसानलाई राहतस्वरूप अनुदानको निती लिएको बताए । वडा न. ६ का वडाअध्यक्ष हरीबिलास कोइरालाले अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादनसँगै पशुपालन र दाना उत्पादन गर्दै कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै महानगरपालिकाले प्रदान गरेको अनुदानको अधिक लाभ लिन किसानहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष भागिरथ तिमिल्सिनाले भरतपुर महानगरपालिकाले २५ पैसा प्रतिलिटर अनुदानबाट शुरु गरेको सकारात्मक पहल १ रुपैंयां हुँदै ३ रुपैंया पु¥याएकोमा महानगरलाई बधाई दिए ।

    उनले भने, ‘भरतपुर महानगर र यसको प्रमुखको यो कदमले आम उत्पादक किसानको मन जितेको छ, अनुदान उत्पादनकै आधारमा हुनुपर्छ ।’ उनले आवश्यकताका आधारमा अनुदानलाई प्रोत्साहित गरी उत्पादकत्व बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । भरतपुर महानगरपालिका पशुपंक्षी महाशाखा प्रमुख मेघराज ढकालले भरतपुर महानगरले अनुदान तथा कृषि क्षेत्रको समग्र विकासका लागि कार्यविधि बनाई पारदर्शी र व्यवस्थित बनाईएको बताउदैं दुग्ध उत्पादन बृद्धि र गुणस्तर विकासका लागि ३ रुपैंया अनुदान दिएको बताए ।

    उनले दुग्धसंगै तरकारी, मत्स्य तथा मासु जन्य उत्पादनको क्षेत्रमा समेत महानगरले अनुदानका लागि काम गरिररहेको उल्लेख गरे ।  अन्नपूर्ण दुध सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईले दुग्ध उत्पादक किसानहरूको समस्या बुझेर दुध उत्पादन किसानहरूलाई उत्पादनको आधारमा ३ रुपैंया प्रतिलिटर अनुदान दिने निर्णय गरेकोमा महानगर प्रमुख रेनु दाहाल, महानगरका जनप्रतिनिधी तथा महाशाखालाई बधाई दिए ।

    कार्यक्रममा किसान प्रगति सहकारीका अध्यक्ष लिला बहादुर भण्डारीले भरतपुर महानगरले दुग्ध उत्पादक किसान र समग्र कृषि क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनहरुमा पनि यसलाई अझैं बढाएर लैजानुपर्नेमा जोड दिए । उनले दुग्धमा दिईएको अनुदानले  किसानहरुमा ठूलो उत्साह जगाएको भन्दै अनुदानको सही सदुपयोग गुणस्तर बृद्धिका साथै उत्पादनलाई दोब्बर बनाएर लाभ लिन सहकारी तथा किसानहरूलाई आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वडाअध्यक्ष नारायण कुँवरले भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान बृद्धि गरी ३ रुपैंया पु¥याएकोमा पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्दै कृषिकर्मका लागि अपरिहार्य मानिएको सिंचाईको प्रबन्ध मिलाईदिन आग्रह गरे ।

    नेपाली काँग्रेसका वडाअध्यक्ष सूर्य अधिकारीले दुग्ध बेच्ने किसानहरूको समस्या दुधमा ३ रूपया बृद्धि गरेर महानगरपालिकाले सम्बोधन गरेको बताए । एमालेका वडाअध्यक्ष रामनाथ अधिकारीले  भरतपुर महानगरपालिकाको मूल नेतृत्व मेयर दाहाल भरतपुरको समग्र विकासका लागि कम्मर कसेर लागिपरेको बताउदैं दुग्ध किसानहरुलाई दिईएको अनुदान ठुलो राहत बनेको विश्वास व्यक्त गरे ।

    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.