• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

अध्यादेश ल्याएर माधवकुमारको ऋण चुक्ता गर्दै देउवा !


  •   बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहणमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सार्थक सारथि बन्न सफल भए ।

    Advertisement

    आफ्नै पार्टीको सरकार ढालेर विपक्षी कांग्रेसलाई सत्ता सुम्पिनेमात्रै होइन दुई तिहाइ नजिक बहुमत प्राप्त कम्युनिष्ट सरकारले मुलुक हाँक्न नसक्ने सन्देश दिँदै नेता नेपालले देउवालाई सत्तारोहण गराए ।

    आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न नेता नेपालले आफ्नो समूहका नेताहरुलाई प्रयोग गरे । सत्तारोहणसँगै देउवा सरकारलाई बलियो बनाउन पार्टीको निर्देशनविपरीत गत असार २८ संसदमा नेता नेपालले एमालेका २२ जना सांसदलाई विश्वासको मत दिन राजी गराए । एमालेका २२ सहित देउवा सरकारले १६५ मत पाएर शक्तिशाली बन्यो ।

    आफ्नो पार्टीको सरकार ढालेको, कांग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर दिएको, पार्टीको निर्णयविपरीत देउवा सरकार विश्वासको मत दिएको, आफ्नो पार्टी र नेताहरुको बद्नाम गर्ने कार्य गरेको आरोपमा नेता नेपालसहित २२ जनालाई एमालेले स्पष्टीकरण सोधेको छ । अध्यक्ष ओलीले नेता नेपाललाई ‘गद्दार र अपराधि’ भन्दै एमालेमा कुनै स्थान रहेको बताएका छन् ।

    नेताहरुको अभिव्यक्ति र क्रियाकलाप हेर्दा एमालेमा नेता नेपाल फर्कनभन्दा बाहिरिन सजिलो हुने देखिन्छ । तर, कसरी ? हो यहीँनेर आफूलाई सत्तारोहण गराउन लगाएको ऋण प्रधानमन्त्री देउवाले चुक्ता गर्ने तयारी गरेको राजनीतिक वृत्तमा चर्चा छ ।

    एमाले फर्कने वातावरण नपाएको खण्डमा नेता नेपाललाई पार्टी विभाजन गर्न सहज बनाउने गरी कानुन ल्याउन प्रधानमन्त्री तयार रहने बताइन थालेको छ ।

    तर, संसदको अधिवेशन चलिरहेकाले सम्भव नहुने भएपछि अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने तयारी भइरहेको राजनीतिक क्षेत्रमा गाइँगुइँ चल्न थालेको छ । भलै यसलाई कसैले पुष्टि भने गरेका छैनन् ।

    पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य संख्या आफ्नो पक्षमा पार्न सक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदमा एमालेको १२१ सदस्य रहेको छ ।

    तर, नेता नेपाल संसदीय दलमा कमजोर देखिएका छन् । पार्टी फुटाउन संसदीय दलमा ४९ सांसदको समर्थन जुटाउन नेता नेपालले सक्नुपर्ने हुन्छ ।

    प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२, मतदान बहिस्कार गरेका ११ जना र थप तीन जना गरी ३६ जना सांसद नेपाल समूहमा छन् । तर, पार्टी फुटाउन नेता नेपाललाई थप १३ जना सांसद आवश्यक पर्छ ।

    यदी संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पु¥याउन नसकेको अवस्था नेता नेपालले प्रधानमन्त्री देउवासँग सहयोग मागेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन दबाब सृजना गर्न सक्ने नेताहरुले बताएका छन् ।

    पूर्ववर्ती सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा कांग्रेससहित दलहरुले विरोध जनाएका थिए । नेता नेपाललाई पार्टी फुटाउन सजिलो बनाउनका लागि प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउने अड्कल र चलेको गाइँगुइँको सत्यता निकट दिनमै थाहा हुनेछ ।

    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.