काठमाण्डौ । चर्चित लोकदोहोरी गायक प्रकाश पराजुलीको स्वरमा “कहाँ हिडेउ बहिनी” गित सार्बजनिक भएको छ।
तिज गीतको अवसर पारेर तिज बिशेष गित बजारमा आईरहेका बेला अत्यन्तै उत्कृष्ट शब्द चयन गरि दोहोरी गाउन सक्ने लोकप्रिय गायक तथा सर्जक प्रकास पराजुलीको शब्द संगीतमा निकै नै लोकप्रिय गित सार्बजनिक भएको हो । गितमा प्रकाश पराजुलि सहित लोकप्रिय गायिका शान्तीश्री परियारको स्वर रहेको छ ।
पराजुलीको यतिबेला दोहोरि च्याम्पियनमा पनि निकै सम्भावना बोकेका कलाकारको लिष्टमा रहेका छन् । बिश्वास नेपालले संगीत एरेन्ज गरेको गीतको म्युजिक भिडियो मौसम हिमालिले गरेका हुन् भने नबराज उप्रेतीले छायाकन गरेको म्युजिक भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोमा पछिल्लो समय निकै नै चर्चाको सिखरमा पुगेकी लोकप्रिय मोडल गरिमा शर्मा र पुष्प खड्का अभिनय रहेको छ । भिडियो लिन्क:https://youtu.be/UAJGcfJJf30
